२०८१ बैशाख १९ गते , बुधबार

अपाङ्गता भएकी महिलालाई बलात्कारको प्रयास गर्ने एक पक्राउ

sajilo news
मोरङ
२०८१ बैशाख ५ गते , बुधबार
अपाङ्गता भएकी महिलालाई बलात्कारको प्रयास गर्ने एक पक्राउ

मोरङको बेलबारीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बेलबारी नगरपालिका- ८ का ३९ वर्षीय पिठ बहादुर फुयाँल रहेका छन् । घरमा एक्लै भएको मौका छोपेर फुयाँलले बलात्कार गर्ने प्रयास गरेको पीडित महिलाले आरोप लगाएको छ ।

उनी नहिँड्न सक्छिन्, न राम्रो गरी बोल्न, बस्न पनि सहज गरी सक्दिनन् । उनले बोलेको बुझ्न निकै बेर सुनेपछि मात्र बुझिन्छ । महिलाको तर्फबाट परिवारले जाहेरी दिए लगतै इलाका प्रहरी कार्यालय बेलबारीले वैशाख २ गते फुयाँललाई पक्राउ गरी ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार