२०८१ बैशाख १७ गते , सोमबार

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

sajilo news
रासस
२०८१ बैशाख ४ गते , मंगलबार
भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक कालोपत्र भइरहेको छ। सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । 

झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य  अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८२८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । 

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा विश्वस्त रहेको उनले बताए । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको उनको भनाइ छ। 

सम्बन्धित समाचार