२०८१ बैशाख २० गते , विहीबार

राष्ट्रिय सभा निर्वाचन : एमालेबाट झापाका तीनसहित ७ जनाको नाम सिफारिस

sajilo news
झापा
२०८० पौष २० गते , शुक्रबार
राष्ट्रिय सभा निर्वाचन : एमालेबाट झापाका तीनसहित ७ जनाको नाम सिफारिस

झापा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका पर्शुराम अधिकारी, झापाका उमानाथ ओली,हरिचरण बानिया र खोटाङका कर्ण घलेको नाम सिफारिस भएको छ । यीमध्ये अधिकारी नेकपा विभाजनपछि माओवादीबाट एमालेमा आएका हुन् ।

यस्तै महिलातर्फ रुकमणी कोइराला, मेचीमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ ।राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदैछ ।

सम्बन्धित समाचार