२०८१ बैशाख १४ गते , शुक्रबार

१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ७ गते , मंगलबार
१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको बताएका छन्। यस्तै उनले तीन करोड २० लाख डोज खोप पाइपलाइनमा रहेको समेत बताएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग  मंगलबार भएको छलफलमा मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन्। छलफलमा शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका थिए। शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ। जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ रहेका छन्। नौदेखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २७४ रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिए। १२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन।

सम्बन्धित समाचार