२०८१ जेष्ठ ४ गते , शुक्रबार

प्रधानमन्त्री ओलीको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७७ माघ २४ गते , शनिबार
प्रधानमन्त्री ओलीको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन

भद्रपुर । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस झापासहित विभिन्न २४ वटा शुभेच्छुक सङ्घ संस्थाले बिर्तामोडमा शक्ति प्रदर्शन गरेका छन्। सरकारको कदम प्रतिगमनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापामा नेपाली कांग्रेसले बृहत् शक्ति प्रदर्शन गरेको हो।

प्रधानमन्त्री ओलीको निन्दा र भर्त्सना गर्दै असंवैधानिक कदम खारेजीको माग गर्दै उनीहरूले विरोध र्‍याली निकालेका थिए। प्रतिनिधिसभा पुनर्स्थापन हुने पर्नेमा कांग्रेस नेताहरूको जोड थियो। बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनि अगाडिदेखि निकालिएको विरोध र्याली बिर्तामोड बजार परिक्रममा गर्दै पुनः सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो।

विरोधसभालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाईँ सहित पूर्व सांसद डिल्लीप्रसाद  सिटौला, नेपाल कांग्रेस झापाका सभापति उद्धव थापा, नेपाल टेड युनियन झापाका सभापति यज्ञप्रताव अधिकारी, नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङ लगायतले सम्बोधन गरेका थिए।   

सम्बन्धित समाचार