२०८३ जेष्ठ २७ गते , बुधबार

गौरादहको धान खेतमा एक व्यक्ति मृत फेला

sajilo news
झापा
२०८२ भाद्र १६ गते , सोमबार
गौरादहको धान खेतमा एक व्यक्ति मृत फेला

झापा गौरादहका एक व्यक्ति धान खेतमा मृत फेला परेका छन् । आज बिहान ७:३० बजे गौरादह– ९ लफादी बस्ने २९ वर्षीया आसिक रिख्यासन (ऋषिदेव) मित आमाको घरमा घिरौँला लिन गएकोमा घरबाट ३ सय मिटर पूर्व आफ्नै धान खेतमा घोप्टो परि मृत अवस्थामा फेला परेका हुन् ।

उनका भतिज अरुण ऋषिदेव र बुहारी अरुणा ऋषिदेवले बिहान ११ः३० बजे धान खेतमा मृत फेला पारी शव घरमा ल्याई राखेका थिए । प्रहरी टोली खटिएर कानुनी प्रक्रियापश्चात् शवलाई पोस्टमार्टमको लागि आम्दा अस्पताल दमक पठाएको छ ।

मृतक ऋषिदेव सानैदेखि छारे रोगको बिरामी थिए । पहिला पनि कयौँ पटक उनी लडेका थिए । उनको शरीरमा कुनै पनि चोट नदेखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार