२०८२ बैशाख १३ गते , शनिबार

गौरीगञ्जमा अवैध माछा नष्ट

sajilo news
झापा
२०८१ चैत्र १३ गते , बुधबार
गौरीगञ्जमा अवैध माछा नष्ट

इलाका प्रहरी कार्यालय गौरीगञ्जले अवैध मुङ्ग्री माछा बरामद गरी नष्ट गरेको छ । आज दिउँसो ४ बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ भारु चोकस्थितमा भारतबाट लुकाई छिपाई नेपाल तर्फ प्लास्टिकको ड्रममा ल्याउँदै गरेको माछा बरामद गरिएको थियो ।

प्रहरीका अनुसार अन्दाजी ७० के.जी. २४ हजार ५ सय बराबरको मुङ्ग्री माछा बरामद गरी स्थानीयको रोहवरमा नष्ट गरेको झापा प्रहरीले जनाएको छ । प्रहरीले फरार रहेका माछा धनीको खोजतलास भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार