२०८३ बैशाख २३ गते , बुधबार

एनपीएल : विराटनगर र काठमाडौंको पहिलो जित

sajilo news
झापा
२०८१ मंसीर १९ गते , बुधबार
एनपीएल : विराटनगर र काठमाडौंको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स विराटनगर किंग्ससँग पराजित भएको छ। १९२ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी रहँदै १९३ रन बनाएर हारको श्रृंखला रोकेको छ।  

विराटनगरका ब्याट्सम्यान लोकेश बमले सम्हालिएर इंगिङ खेलेका थिए। ४७ बलमा ७१ रन बनाएर उनी आउट भएका थिए।  लक्ष्य भेट्टाउन मैदानमा उत्रिएको विराटनगरका लागि बसिर अहमदले ४० रनको योगदान गरे।

मार्टिन गुप्टिलले २८ रन बनाए।प्रतिश जिशि ६,  राजेश पुलामी ४ ,  कप्तान सन्दीप लामिछाने १ रनमा  आउट भए।   क्रिश शोलले अन्तिम ओभरमा ४ बलमा १४ रन बनाएर इनिङको समाप्ति गरे भने दिपक बोहरा ८ बलमा ९ रन बनाएर अविजित रहे। निकोलस किर्तनलाई बोल्ड गर्दै शून्यमै पेभेलियन फर्किए।

यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेट र अर्को खेलमा सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो। उता काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ।​ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराएको हो। १५० रनको लक्ष्य काठमाडौंले १९।३ ओभरमै सात विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौंको जितमा सुमित महर्जनले अविजित ४० रन बनाए। गेरार्ड इरासमसले ३८, करन केसीले २८ र मिचेल लेभिटले २२ सन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। टस हारेर ब्याटिङ गरेको कर्णलीले ५ को विकेटको क्षतिमा १४९ रन बनाएको थियो। कर्णालीका  चाडविक वाल्डन २१, बाबर हायात १३, गुलशन झा १२, अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए भने ओपनर देव खनाल डक आउट भए।

गेरार्ड इरासमसले दुई विकेट नाथन सोटर करण केसी र दिपेश कंडेलले समान एक एक विकेट लिए। काठमाडौले पहिलो जित दर्ता गर्दा कर्णलीले भने लगातार दोस्रो हार व्यहोरेको छ । यसअघि कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो।

सम्बन्धित समाचार