२०८३ बैशाख २३ गते , बुधबार
महिला क्रिकेट खेलाडीलाई क्यानले जनही साढे २ लाख दिने घोषणा
सन् २०२५ मा मलेशियामा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा छानिन सफल भएको नेपाली यू-१९ महिला क्रिकेट टोलीका खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगद पुरस्कार दिने भएको छ।
क्यानले नेपाली यू-१९ महिला टोलीका खेलाडीहरुलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ। टोलीका अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँ नगद दिइनेछ।
हिजो (बुधवार) यूएईलाई उसकै घरेलु मैदानमा पराजित गर्दै नेपाल सन् २०२५ को जनवरीमा मलेशियामा हुने आईसीसी महिला यू-१९ टी-२० विश्वकपमा छनोट भएको थियो।नेपाली यू-१९ महिला क्रिकेट टोली आज स्वदेश आइपुग्दै छ।