२०८३ बैशाख २३ गते , बुधबार

श्रीलंकालाई ६ गोलले हराउँदै नेपाल बन्यो समूह विजेता

sajilo news
झापा
२०८१ कार्तिक ८ गते , विहीबार
श्रीलंकालाई ६ गोलले हराउँदै नेपाल बन्यो समूह विजेता

नेपालले श्रीलंकालाई ६-० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६ गोलले हराएको हो।

पहिलो हाफ हुनुअघि ४ गोल गरेको नेपालले त्यसपछि २ गोल थपेको थियो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन् भने साबित्रा भण्डारी र सविता राना मगरले एक-एक गोल गरे। रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे।

त्यस्तै ४६ मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मी कुमारी घिसिङले १ गोल थपेका थिए। जितसँगै नेपाल समूह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

सम्बन्धित समाचार