२०८१ मंसीर २० गते , विहीबार

झापामा बाबुको किरियामा बसेका छोराको निधन

sajilo news
झापा
२०८१ श्रावण १५ गते , मंगलबार
झापामा बाबुको किरियामा बसेका छोराको निधन

शिवसताक्षी । दिवङ्गत बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एक जना व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो ।

काजक्रिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो ।

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।

सम्बन्धित समाचार