२०८३ जेष्ठ २७ गते , बुधबार
गजल : 'प्रेमको प्रस्ताव राखेर त हेर'
तिमी मेरो हात थामेर त हेर , जिन्दगी भरको साथ पाउने छो । मलाई आफ्नो दिलमा राखेर त हेर , धड्कनमा प्रेमको सञ्चार ल्याउने छो। प्यार भरी नजरले एक बार त हेर , आफ्नोपनको महसुस गर्ने छो । तिमी मेरो सपनीमा हराएर त हेर , तिमीले नयाँ बिहानी नजारा गर्ने छो । मेरो प्यासी नयनमा डुबेर त हेर , तिमीले सारा जीवनमा सुख पाउने छो । मेरो सुन्दर तनलाई समाएर त हेर , तिमी रोम रोम पुलकित हुने छो । आशाको दीप जलाएर त हेर , तिमी तन मनमा प्रफुल्लित हुने छौँ । आफ्नो प्रेमको प्रस्ताव गरेर त हेर , प्रेम रसले मनको प्यास बुझाउने छो। दुई आत्मालाई एक बार मिलाएर त हेर, मधुर आनन्दको अनुभूतिमा रमाउने छो ।
- देवेन्द्र किशोर ढुङ्गाना झापा , हाल: बस्तीपुर सिराहा