२०८० आश्विन ९ गते , मंगलबार
बिर्तामोडबाट मोटरसाइकल चोरी

बिर्तामोड । झापाको बिर्तामोडमा एउटा मोटरसाइकल चोरी भएको छ । आइतबार साँझ ७ बजेको समयमा धर्मकाँटा अफिसबाट को ३९ प १५७८ नम्बरको टीभीएस अपाचे मोटरसाइकल चोरी भएको सुरेशकुमार अग्रवाल भद्रपुरेले जानकारी दिए ।
आफ्नो अफिसमा काम गर्ने कर्मचारी रामप्रसाद ढकालको मोटरसाइकल चोरिएको अग्रवालले बताए । सीसीटीभी फुटेज हेर्दा कपाल केही लामो भएका युवकले मोटरसाइकल लगेको देखिएको छ । तर, उनको अनुहार प्रस्ट देखिएको छैन । प्रहरीले मोटरसाइकल खोजी भइरहेको जनाएको छ । बिर्तामोडमा मोटरसाइकल चोरीको घटना दिनप्रतिदिन बढ्दै गएको छ ।