२०८२ पौष ३० गते , बुधबार

इटहरीमा प्रदर्शन गरिएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल, यस्तो छ फोटोको वास्तविकता

sajilo news
झापा
२०८० भाद्र १० गते , आईतबार
इटहरीमा प्रदर्शन गरिएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल, यस्तो छ फोटोको वास्तविकता

झापा । सामाजिक सञ्जाल फेसबुकमा शनिबार एकाएक एउटा फोटो भाइरल भएको छ । धरानमा गाई गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै इटहरीमा हिन्दु धर्म समर्थकहरूले निकालिएको प्रदर्शन र्‍याली भन्दै एउटा फोटो खुब भाइरल बनेको छ । सो फोटो पत्रकारदेखि राजनीति दलका नेता-कार्यकर्ता, हिन्दु धर्म समर्थकदेखि आम सर्वसाधारणले शेयर गर्दै सामाजिक सञ्जालमा हालेर भाइरल नै बनायो ।

यो हो भाइरल भएको फोटो

तर, त्यो फोटो इटहरीको भन्दै भाइरल बनेपछि टाइम्स अफ प्रदेशले फ्याक्ट चेक गर्दा त्यो फोटोको यथार्थ पत्ता लगाएको छ । त्यो फोटो इटहरीको नभई वीरगन्जको रहेछ । गत असार ५ गते वीरगन्जको माई स्थान स्थित गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगन्जमा निकालिएको वृहत् रथ यात्राको फोटो रहेछ ।  

यहाँ हेर्नुहोस् फोटोसहितको समाचार छ :

वीरगन्जमा ऐतिहासिक रथ यात्रा

सम्बन्धित समाचार