२०८१ श्रावण ३ गते , विहीबार

पूर्व प्रहरी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

sajilo news
सुनसरी
२०८० जेष्ठ १६ गते , मंगलबार
पूर्व प्रहरी संगठनद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

इनरुवा । पूर्व प्रहरी कर्मचारी संगठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्व प्रहरी कर्मचारी पहल बहादुर कटवालले बताए ।

पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानुनी राज्य प्रतिको उपहास भएको उनले बताए । उनीहरूले सरकारप्रति जनताको विश्वास गुम्दै गएको आक्रोश पोखे । पूर्व प्रहरी कर्मचारी संगठनको अगुवाइमा आयोजित पुत्ला दहन कार्यक्रममा स्थानीयहरुले समेत सहभागिता जनाएका थिए ।

 

सम्बन्धित समाचार