२०८० जेष्ठ १७ गते , बुधबार

मोरङमा सशस्त्रका थप २ वटा 'बिओपी' स्थापना

sajilo news
मोरङ
२०८० जेष्ठ ११ गते , विहीबार
मोरङमा सशस्त्रका थप २ वटा 'बिओपी' स्थापना

मोरङमा सशस्त्र प्रहरी बलका २ वटा नयाँ बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गरिएको छ।  नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत जहदा गाउँपालिका-१ को मधुमल्ला र जहदा-७ को तारिगामामा नयाँ बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी (सशस्त्र प्रहरी उपरीक्षक) तीर्थ थापाले जानकारी दिए। 
सशस्त्र प्रहरी सीमा सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको छ। कोसी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक) अन्जनीकुमार पोखरेलले नवनिर्मित भवनसहित दुवै बीओपीको बिहीबार उद्घाटन गरे। 

भारतसँग ६३ कलोमिटर खुला सीमा रहेको मोरङमा अब बीओपीको संख्या १० पुगेको छ। सशस्त्रका इन्सपेक्टर (निरीक्षक) र सइ (नायव निरीक्षक)को नेतृत्वमा बीओपीहरु रहेका छन्। 

एसपी थापाका अनुसार बिहीबारदेखि संचालनमा ल्याइएका दुवै बीओपीमा सइको नेतृत्वमा सशस्त्र प्रहरी खटाइएको छ। सशस्त्रका डीएसपी (नायव उपरीक्षक)को नेतृत्वमा ३ वटा प्रतावित गुल्म रहेका छन्। 

सम्बन्धित समाचार