२०८३ बैशाख २४ गते , विहीबार

बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख

sajilo news
पत्रपत्रिका
२०८० जेष्ठ ८ गते , सोमबार
बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख

‘बिहेवारी २० वर्ष पारि’। बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ। बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन्।

यसले केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरूपमा हुन सकेको छैन। यसको पूर्ण कार्यान्वयनका लागि मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ। मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू यसका लाभग्राही हुन्। 

विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउछन्। उनका अनुसार गाउँपालिकाको शिक्षा सुधार कार्यक्रम अन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरण हुनेछ। स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र किशोरी, महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुनेछ।

सोही कार्यक्रम अन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक लाख हस्तान्तरण ग¥यो। मरिण–७ का चारजना र वडा नं ६ की एकजना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो।

अघिल्लो वर्ष स्नातक तह उत्तीर्ण गरेर शनिबार मरिण सरकारबाट एक लाख बुझेकी मरिण–७ जयमङ्गलकी सुकृता घिसिङले प्रोत्साहनस्वरूप पाएको रकमले खुसी बनाएको बताइन्। उक्त रकमले स्नाकोत्तर पढ्न सहयोग पुग्ने बताउने उनी आर्थिक अभावका कारण थप पढाइ खर्च जुटाउन रोजगारीको खोजीमा छिन्। यो समाचार नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार