बदनाम राजनीति तिम्रो कारणले...
संसारको सबै भन्दा उत्कृष्ट चेतनाको पुष्ज केही हो भने राजनीति हो भन्यो भने अन्याय नहोला बरु सबैभन्दा बढी हेयको सिकार पङ्क्तिकार बन्दैन भन्ने नबुझेर वा नजानेर होइन । समाज आज विभिन्न टुक्रामा विभाजित छ भने राजनीतिकै कारणले छ पनि होइन भनेर तर्क दिनुपर्दा समाजमा फेरि क्रिया प्रतिक्रियाले खण्ड-खण्डमा विभाजित भई हाल्छ आखिर किन प्रश्नै गर्दा फेरि राजनीतिले नै जवाफ फर्किन्छ । सबैभन्दा उत्कृष्ट चीज राजनीतिलाई किन यति धेरै नाक खुम्च्याई ? उखानले जवाफ फर्काउँदा "धान खाने भुसा चोट पाउने भ्यागुता " भन्न सकिएला तर जानी नजानी चोट र भोट पाउने फेरी राजनीतिले नै रहेछ । सबैको चासो राजनीति अनि सबैको चिन्ता राजनीति सायद फलेको वृक्षले नै सबैको झटारोको सामना भनेर मन बहलाउने त होला ?
सबैको एउटै चाहना र सपना हुन्छ भने सबैभन्दा अनुकरणीय अद्भुत रूपवान्, बलशाली ,सम्पन्न र सबैको हाई-हाई बन्ने तर विडम्बना आँफुले आँफुलाई होइन अर्कालाई चिन्न नसक्दा " मरीच किन चाउरियो, आफ्नै पिरले " नै होइन ? जतिसुकै डोरी बाटे पनि आखिर गाँठो एउटै देखिन्छ । संसार कहाँ देखि कहाँ पुग्यो त्यही राजनीतिले तर म भने तिरस्कार र घृणा गर्न थालेँ राजनीतिलाई आखिर किन ? लाग्छ राजनीतिको महान् पर्व निर्वाचन रहेछ र त हाम्रा भावना, विचार सबै बदलिँदो रहेछ र त अमानव बन्न पुग्छौँ । कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर कथामा भनेजस्तै भनिदिए नेताले निर्वाचनको बेलामा पक्कै मेरो भावना बटारिने र बरालिने थिएन आफ्नै जात माथि ।
मैले भन्दिएको भए सच्चाईता सहनुपर्ने थिएन राजनीतिले यति धेरै अपमान र तिरस्कार अनि खोज्ने थिएनन् विकल्प तर मेरै कारणले आज सिंहदरबारलाई फोहोरको चुनौती अनि निर्वाचनलाई उपनिर्वाचनको चुनौती पक्कै भन्नुपरे फेरि सामना गर्न अजङ्ग उभिन्छन् टिकिर-टिकर अनि त केन्द्रीय गन्थन र मन्थनले भरियो राजनीति मेरो राजनीति र भन्नुपर्यो तिमिलाई राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । त्यसैले राजनीति सम्भावनाको खेल भएर नै मेरो बलशाली कहिले थानकोट काट्छ त कहिले मेरै बार्दली दृश्यावलोकन गर्छ राजनीति । खोक्रो मेरो मस्तिष्क नभएको भए भरिने थिएन खोका भाषणका छिटाहरू सायद खोक्रै भएर त थोपा थोपा अडियो तानाबुना र झ्यालीले भरियो मस्तिष्क अब कसरी स्विकार्नु थोक - थोक छिटाहरू बाछिटा बनेर आएपछि । नेपाली भएकामा गर्व लाग्छ । संसारलाई
पुराण आख्यान र व्याख्यानको जाँतोमा पिस्ने मेरै स्थायी छिमेकी पाउँदा लाग्छ । घरमा बिच्छी वा खजुरो रहेकाले बज्रले हान्यो भनी मन्त्र श्रवण गर्दा मेरो औपचारिक डिग्रीको प्रमाण पत्रले गर्मीमा पङ्खाको काम नगरेपछि कति धेरै लोडसेडिङ भनेर प्रश्न फुत्किआउँछ र भन्छ फेरी देख्यौ राजनीतिले कस्तो उखुम बढ्यो गर्मी लोडसेडिङले ? सबै सहनुपरेको सायद मैले खोलो तरेपछि मैले आफ्नै लौरो भुलेर नै होला नत्र यति धेरै मेरो गोडा लगलग हुने गरी काँप्ने गर्ने थिएनन् विपक्षीलाई देख्दा । विडम्बना पुराण पनि अब नसुन्ने अवस्थामा मैले नै पुर्याएको होइन आत्मालाई कसरी ढाँटूँ म ?
झिँगाको बोसो झिकेर धार्नी पुग्ने भए, सानो चित्तले बोसो पाक्ने भए सायद मेरो पेट टम्म भरिने थियो अनि शौचालयमै पस्नु फेरि निस्कनु गरिरहेर थाक्नु भन्दा डेरा जमाएर त्यतै बास बस्नु मेरालागि शोभनीय हुन्थ्यो होला । सत्ता र सरकार अस्थायी र स्थायी नभएको भए सायद न्युट्रल गियरमा जसरी गुडाउन मोटर सजिलो थियो होला राजनीति तर विडम्बना स्थायी शत्रु र मित्र हुँदैन रहेछ राजनीतिमा अनि मैले चैँ किन गियर हल्लाई रहनु परिवार र छिमेकीको म माथिको विश्वास र सपना भुईँचालो झैँ हल्लिने गरी ? राजनीतिले धेरैलाई सत्ता दिलायो तर बैगुनी जनताको मतले मलाई चैँ सरकारबाट गिरायो बरु राजनीतिलाई बदनाम नहुने बनाउन सक्ने भए त्रिशूली र दरबारमा पर्व मनाइँदैन थियो होला ? राजनीति नै सृजना रहेछ अनि विनाशको बाटो पनि र पनि अझै थुप्रै ग्यालिलियोको ज्यान इतिहासका पानमा पुर्याउन मरिहत्ते गर्दा मैले कतै फेरि राजनीतिलाई बदनाम त गरेको छैन भनेर सोच्ने फुर्सद कहाँ दिए र साथीहरूले स्टार होटेलको बास बनाएर ।
गल्ती हजार हुन्छन्, मेरो होस हराएको बेलाको गीत होइन रहेछ राजनीति जुन आनन्द आउने र गीत गाउँदै फड्के तर्ने साथी । ग्रेसमको नियम पनि होइन राजनीति तर यहाँ ग्रेसमको नियम बन्दैछ राजनीति भनेँ दोष किन दिने मैले फेरी ? मलाई असाध्यै चिन्ता दियो राजनीतिले तर मलाई तिमीप्रति चिन्तन गर्ने मति कहिले दिएन कुर्सीमा घुम्दा । त्यसैले त ब्याजकै भरमा बहादुर बनिरहेको छु । राजनीतिप्रति घृणा होइन गर्व गरी भन्ने हिम्मत गर किन बदनाम गर्दछौ राजनीतिलाई कुर्सीमा पुगेपछि । हिजो तिमी नै होइन मैले उठ् जाग न्याय र समानताका लागि अनि समाज सुधारका लागि सचेत बनौँ र फोहोर सफा गरौँ भनी विपक्षी प्रति प्रश्न तेर्स्याउँदा साथ दिएको मलाई अहिले मैले बदाम गराउँदा राजनीति कसले साथ फेरि देलान् भनेर देख्ने त सपनामा न हो । बदनामी राजनीति होइन तिमी हो नत्र कुर्सी लाई सलाम ठोकेर निर्जीवलाई न्याय कसरी कसरी भयो ?
बदनामी तिमी हौ, फटाहा तिमी हौ,गुलामी तिमी हौ, भ्रष्टाचारी तिमी हौ किनकि मैले जेसुकै भने पनि लुरुलुरु हिँडेर मत टुक्रिएछ । अज्ञानी मन कमलो हुन्छ, नौनी झैँ पग्लिने हुन्छ र त भावनामा बहकिने तिम्रा व्यवहारले सल्किराछन् सपुतहरू । ज्ञानी थियौ त मलद्वार र हरिद्वार छुट्याउन यति धेरै पुराण श्रवण गर्नै पर्ने थिएन नि । विरोधका लागि विरोध गरेर बदनाम गरायौ स्वयमलाई त्यही अनुकरणले राजनीतिलाई घृणा गर्ने सन्तान बनायौ हामीलाई त्यसैले अब सेतो र कालो छुट्याउन दुई आँखा होइन तीन आँखाको प्रयोग गर्दै बदनाम मेरो राजनीतिलाई उत्कृष्ट बनाऊ । त्यसैले बदनामी राजनीति होइन कुर्सीलाई सत्ता र भत्ताको रूपमा लिएर मैले चुनावी अभियान चलाउँदा साथ दिने तिमी हौ ।
राजनीतिज्ञ त तिनीहरू हुन्, जसले हिजो मैदानमा देखाएका अरूका गल्ती र कमजोरी सच्याएर कुर्सीमा बस्न लायक स्वयमलाई बनाउँछन् । बदनामी मेरो व्यवहारले पवित्र राजनीतिको बदनाम सदाका लागि बन्द, बदनामी मेरो व्यवहारले पवित्र राजनीतिको बदनाम सदाका लागि बन्द गर्न तिमीले विजयको अबिर लगाएर पठाएका मलाई प्रश्न गर भनेर भन्ने मैले कहिले होला ? शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीको सृजना र विस्तारमा आफ्नो वरिपरिकाको लागि मात्रै घुमिरहनुको पछाडिको कारण हिजोको सत्ता र सरकारका कमजोरी देखाउनु के हाम्रो भावनामा खेलेर त्यहाँ पुग्नु मात्र थियो कि सुधार भयो भनी सबैले महसुस गर भनी गरी भनी प्रश्नै प्रश्नले सत्कार गरौँ ।