२०८३ असार १३ गते , शनिबार

स्थानीयले बन्द गरे बिर्तामोडको सैनिकमोडदेखि सैनिकबजारसम्मको बाटो

sajilo news
झापा
२०७९ मंसीर १८ गते , आईतबार
स्थानीयले बन्द गरे बिर्तामोडको सैनिकमोडदेखि सैनिकबजारसम्मको बाटो

बिर्तामोड । बिर्तामोड–३ स्थित सैनिकमोडदेखि सैनिकबजारसम्मको निर्माणाधिन सडकखण्डमा आज स्थानीयले ढाट लगाएर अवरुद्ध पारेका छन् ।
धुलो उडेको र नाली निर्माणमा प्राबिधिक त्रुटी भएको भन्दै स्थानीयले ढाट लगाएर सडक अवरुद्ध पारेका हुन् । सो सडकखण्डमा बिराटपोखरको अधुवा पुल र सैनिकमोडदेखि केही दक्षिण दुई ठाउँमा ढाट लगाईएको हो।

यस बिषयमा केही दिनअघि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी , सडक बिभागका डिभिजनल इन्जिनियर , ठेकेदार ,सतानुवारी सैनिकमोड टोल विकास संस्थाका पदाधिकारी, ,राजनैतिक पार्टीका प्रतिनिधिलगायतले छलफल गरेको बताइएको छ ।

सम्बन्धित समाचार