२०८१ चैत्र १४ गते , विहीबार

भोलिदेखि प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सबै सेवा पाँच दिन ठप्प 

sajilo news
झापा
२०७९ कार्तिक ३० गते , बुधबार
भोलिदेखि प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सबै सेवा पाँच दिन ठप्प 

भद्रपुर । भोलि मंसीर १ गतेदेखि जिल्ला प्रशासन कार्यालय झापाबाट प्रवाह हुने सेवाहरू पाँच दिन बन्द हुने भएको छ ।  प्रशासन कार्यालयले बुधवार एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि ५ गतेसम्म कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द हुने जानकारी गराएको हो ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य सम्पन्न गर्नका लागि यस कार्यालयबाट कर्मचारी खटाउनु पर्ने भएकाले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था, नाबालक परिचयपत्र वा सिफारिससम्बन्धी सेवाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 

सम्बन्धित समाचार