प्रहरी हिरासतको डायरीः जिन्दगीमा कहिल्यै बिर्सन्न त्यो रात !
खगेन्द्र घिमिरे । भदौ ८ त्यो दिन, मेरो जिन्दगीको कहिल्यै बिर्सन नसक्ने दिन थियो । जन्मथलो झापा नभए पनि कर्मथलो झापालाई बनाएर बाल्यकालबाटै मभित्र अनौठो किसिमको ऊर्जा बोकेर हिँडेको थिएँ म ।
धेरै सङ्घर्ष र हन्डरका बीच जुन पेसा मेरा लागि दुई छाक टार्ने बाटो थियो । समाजमा रहेका विषयमा मेरा कलम चलाउने क्रममा पछिल्ला दिनहरूमा परिवर्तनका बाटाहरू बन्दै गएका थिए । धेरै पीडितका घाउमा मलहम लगाउन मेरो अभियान र मैले गरेको प्रयास सफल हुँदै आएको थियो । त्यो मैले भन्नुभन्दा पनि समाजले देखेको विषय हो । यति मात्रै होइन, हरेक सरकारी कार्यालयभित्रका धेरै समस्याहरू जस्ताको त्यस्तै उठाउँदा धेरैको नजरमा म आँखाको तारो पनि बन्ने गरेको थिएँ । तर, अचानक मेरो जीवनमा त्यो बज्रपात आइलाग्यो , जुन मैले गरेको र भोगेको भन्दा धेरै परको सोच्नै नसक्ने दृश्य थियो ।
हिरासतभित्र मलाई भेट्न आउने बाहेक परिवारसँग ८ दिनमा कुनै सम्पर्क हुन सकेन । जुन खाना मलाई लगेको हुन्थ्यो, परैबाट फिर्ता गरिन्थ्यो । जो व्यक्ति मलाई भेट्न पुगेका हुन्थे, अधिकांश बाटोबाटै फिर्ता गरिन्थ्यो । अनि समय समयमा जुन हिरासतमा म रहेँ त्यहाँका प्रमुखको कोठामा बोलाएर चिया खुवाउने बहानामा मलाई अरू प्रहरीबाट मानसिक तनाव दिने गरिन्थ्यो । भनिन्थ्यो– प्रहरीको २–३ सय लिएको समाचार बनाउने रु सधैँ प्रहरीको खेदो गर्ने रु यस्ता यस्तै मानसिक तनाव हुन्थ्यो । म मौन थिएँ, किनकि मैले धेरै प्रहरीको कालो कर्तुत बाहिर हुँदा ल्याएको थिएँ ।
केही दिनअघि मात्रै इलाममा सवारी दुर्घटना भएर म घरमा आराम गर्दै थिएँ । धेरै साथीहरूले मलाई स्वास्थ्य लाभको कामना गर्नुभयो । त्यसैको बीचमा अनलाइन टेलिभिजन संघको गठन प्रक्रिया अघि बढेको थियो । त्यसमा केन्द्रको सल्लाहअनुसार मलाई झापा जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय भयो । मैले त्यो समय भदौ ६ गते सबै साथीहरूबाट बधाई तथा शुभकामना पाएँ ।
नयाँ सोच र भिन्न शैलीको पत्रकारिता गर्दै थिएँ । भएको सत्य घटना देखाउँदै थिएँ ।समाजमा धेरै सुधार भएकै थियो । २०६५ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएका सम्पूर्ण पत्रकारलाई थाहा छ । २०७० सालबाट टेलिभिजन पत्रकारिता निरन्तर थियो । पछिल्ला केही समयअघि म आबद्ध पत्रिका, अनलाइन, अनलाइन टिभी सँगसँगै थियो । मलाई अचानक भदौ ८ गते परेको बज्रपातसँगै मेरो १५ वर्षको परिश्रम र मेरो योगदान एकै शब्दले सक्ने गरी लाग्ने सम्पूर्णप्रति हार्दिक नमन ।
जुन घटना बाहिर आएको थियो । त्यस घटनामा मलाई लागेको आरोप अनुसार म कति संलग्न थिएँ, थिइनँ न प्रहरीले बुझ्न चाहेको थियो न सहकर्मी साथीहरूले । त्यो पीडा मेरो परिवार र केही मित्रबाहेक कसैले बुझ्न सकेनन्।
जुन स्थानमा म पुगेको थिइनँ । जुन न मैले पठाएको थिएँ । जुन व्यक्ति परिचित थिएनन् । तर, मलाई स्थलगत रुपमा पुगेको आरोप लगाएर हिरासतको कठघरामा त्यो यातना पाएँ, यो कहिले भुल्न सक्दिनँ । एउटा पत्रकार हिरासतभित्र जाँदै गर्दा बाहिर रमाउने साथीहरूको माया पनि जीवनमा कहिले भुल्न सक्दिनँ । बस, मैले अध्यक्षको जिम्मेवारी पाएको हुँदा प्रत्यक्ष रुपमा घटनाको विषयमा सत्य तथ्य बुझ्ने प्रयास गरिरहेको थिएँ । त्यतिकैमा म प्रमुख योजनाकार भएँ । मेरो सामाजिक सञ्जालमा सो भिडियो शेयर भएको हो । सत्य कुरा तर कानुनी बाटो प्रेस काउन्सिल थियो ।तर, हिरासतबाट जुन सजाय पाएँ, त्यो भन्दा बढी मैले मित्र चिन्ने मौका पाएँ ।
यो मेरो जीवनको सत्य घटना लेखिरहँदा मेरा हातहरूमा कम्पन आइरहेको छ । जुन समय म त्यो चिसो भुईँमा रहेको याद गर्दैछु । घटनाको विषयमा जब म बिरुद्ध उजुरी परेछ । म अन्य कामकै सिलसिलामा प्रहरी चौकी पुगेको थिएँ । तर, अचानक मलाई लिन प्रहरी आएको समय म छाँगोबाट खसेझैँ भएँ । मलाई किन ल्याउनु भन्नु भएको सोध्दा तपाईंको नाम पनि छ भन्ने जवाफ आयो । न मलाई लानु पर्ने कारण प्रहरीसँग थियो, न त पक्राउ पुर्जी नै । ठिकै छ मैले स्विकारेर गएँ । जाँदै गर्दा जुन मसँग लामो समयदेखि सम्पर्कमा रहेका प्रहरीका जिम्मेवार स्थानमा रहेकासँग कुराकानीमा छलफल होला । जानुस् न त भन्ने जवाफ आयो तर, भित्र अर्कै योजना बुनिएको रहेछ ।
मलाई लैजानासाथ मेरो मोबाइल खोसियो । हातमा लगाएका सम्पूर्ण सामान,ब्याग, पैसा सबै राखियो । अनि सिधै त्यो अन्धकार कठघराको ढोका खोल्यो अनि भित्र हाल्यो । न मैले किन भन्न सोध्न पाएँ ,न मसँग पक्राउ पुर्जीको आधार थियो । त्यो समय म सबैसँग सम्पर्कविहीन भएँ परिवार अनि सबैसँग । त्यो समय जिन्दगीको यस्तो दिन जुन समय दिउँसो १ बजे मेरो जीवनको अन्तिम सास जाँदासम्म भुल्न नसक्ने समय हो ।
हिरासतभित्र जिन्दगीको पहिलो भोगाइ थियो । समय अघि बढ्दै थियो साँझ पर्न लाग्यो । म मात्रै सोच्दै थिएँ मेरो परिवार अनि त्यो मेरो छोरी अनि । हिरासतभित्र सानो कोठामा मसहित १० जना थियौँ ।
साँझ परेपछि परिवारको नम्बर माग्यो । म हिरासतमा पुगेको परिवारलाई थाहा थिएन । अचानक फोन जाँदा परिवार मुर्छा परेछन् । पछि थाहा भयो । त्यो दिन मलाई साँझमा भेट्न आउनु हुने पत्रकार महासंघ झापा अध्यक्ष, दाइ सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला,लक्ष्मी उप्रेतीसँग म भित्रैबाटै कराएँ । चिच्याएँ,रोएँ ।मलाई किन यो हालतमा पुर्याइयो खोजी दिनुस् भनेँ । भोलिपल्ट बिहान मेरो परिवार मलाई खाना, कपडा लिएर भेट्न आउँदा लगेको खाना खान दिइएन । कपडा राखेर बाहिर बाहिरैबाट फिर्ता पठाइयो ।
हिरासतभित्र मलाई भेट्न आउने बाहेक परिवारसँग ८ दिनमा कुनै सम्पर्क हुन सकेन । जुन खाना मलाई लगेको हुन्थ्यो, परैबाट फिर्ता गरिन्थ्यो । जो व्यक्ति मलाई भेट्न पुगेका हुन्थे, अधिकांश बाटोबाटै फिर्ता गरिन्थ्यो । अनि समय समयमा जुन हिरासतमा म रहेँ त्यहाँका प्रमुखको कोठामा बोलाएर चिया खुवाउने बहानामा मलाई अरू प्रहरीबाट मानसिक तनाव दिने गरिन्थ्यो । भनिन्थ्यो– प्रहरीको २–३ सय लिएको समाचार बनाउने रु सधैँ प्रहरीको खेदो गर्ने रु यस्ता यस्तै मानसिक तनाव हुन्थ्यो । म मौन थिएँ, किनकि मैले धेरै प्रहरीको कालो कर्तुत बाहिर हुँदा ल्याएको थिएँ ।
विडम्बना ,यो थियो मेरो पत्रकारितासँगै मलाई जीवनभर सक्ने गरी लागेका केही तत्त्वहरूले मलाई सक्ने गरी समाचारका शीर्षक राखेछन् । पटक पटक भिडियो मेरो बनाउँदै समाचार प्रसारण गरेछन् । मेरै मसँगै हिँड्ने साथीहरू मेरो विरुद्धमा लागेछन् धेरैले मलाई सक्ने खालका स्ट्याटस लेखेछन् । कसरी त्यसलाई पक्राउ गर्दैनस् हेरौँ भन्दै प्रहरीलाई भनेछन् । यो नि मेरो ठुलो सफलता रह्यो किनकि ती साथीहरू चिन्ने मौका पाएँ ।
यो त भयो हिरासत बाहिरका कुरा । जुन दिन म हिरासतमा परेँ त्यो दिनदेखि ८ औं रातसम्म चिसो भुईँको बास जिन्दगीको कुन सजाय थियो । तर अन्य सामाजिक सञ्जालमा हाल्ने बाहिर घुमिरहेका थिए । मलाई हतकडीमा राखेर हरेक पल मानसिक तनाव दिने नेपाल प्रहरीप्रति यो मानेमा सलाम छ कि जुन दिन म आधा रातसम्म स्वास्थ्यमा देखिएको समस्याले मरेँ मरेँ भन्दा पनि अस्पताल लान खोजिएन । जब म कराएँ अनि मसँगै रहेका अन्य साथीहरूले दबाब दिए अनि मात्रै प्रहरीले बिहानीपख अस्पताल लग्यो । त्यो पनि दुवै हातमा हतकडी थियो । म पेट दुखेर पुरै शिथिल थिएँ । हातले पेटमा थाम्ने समय दुवै हातमा हतकडी थियो । अस्पताल लगियो तर उपचार गर्न परिवार नै बोलाउनु भन्यो । एक पैसा तिरेर त्यो अवस्थाको मानिसको उपचार गर्न नसघाउने प्रहरी कसरी जनताको सेवक बन्छ रु जब मेरो उपचार सुरु भयो, अस्पतालभित्र पनि प्रहरीले हतकडी लगाइरहँदा मैले कुन अपराध गरेको रहेछु भन्ने मनभित्र खेलिरहियो ।
जुन साँघुरो कोठाभित्र चिसो भुईँ अनि बिहान ६ बजे बेलुका ६ बजे खाए खा नखाए नखा झैँ मोटा चामल, पानी मात्रै भएको दाल,अनि सबै भिँडीको झोल त्यहीँ पनि पुरानो कहिले पखाल्नै नभ्याएको भाडामा देखिरहँदा मैले साँच्चै हिरासतभित्रको अनुभूति गरे । यस्तै रहेछ यहाँको चलन ।यति मात्रै होइन गर्मी समय न हावा, न कुनै पङ्खा थियो । बाहिरबाट आएको एउटा टेबल पङ्खाको भरमा १० जना बस्नु पर्ने अवस्था थियो । कोठासँगै जोडिएको हरेक समय गन्ध आउने शौचालय सफा गर्न कति पटक माग गरियो । तर, जति दिन बस्यो ,त्यहीँ गन्धका बीचमा दैनिकी कट्यो । शौचालयमा प्रयोग गर्ने बाटा, त्यही बाटाले नुहाउनु पर्ने अवस्था । अनि वरिपरि किरा, मच्छड, रातैभर कुदिरहेको पीडा कसले सुन्थ्यो र रु आखिर यहाँको यस्तै रहेछ हिरासत अनि आफ्नो भाग्य ।पटक–पटकको प्रहरीको मानसिक तनाव, हिरासतभित्रको त्यो बसाइ । सत्यको पक्षमा आवाज उठाउने मलाई त त्यो व्यवहार हुन्थ्यो भने अन्यको अवस्था हिरासतभित्र कस्तो होला रु एक दिन त मेरो मनले अति नै भएपछि संसार भुलिसकेको थियो । कुनै दिन निन्द्रा थिएन आँखामा, न भोक थियो । मन शान्त थियो । हो, म अपराधी थिएँ भने त्यो भोगिरहँदा मलाई सहन सक्थे होला तर मलाई फसाइएको थियो
अन्ततः अझै धेरै छन् । बस यति लेख्छु नेपालका हिरासत सुधार गर्न नसके त्यहाँभित्रका म जस्ताप्रति प्रहरीले गर्ने मानसिक तनावका व्यवहार सुधार गर्न नसके हिरासतभित्र अझै लास नभेटिएलान् भन्न सकिन्न । गन्धै गन्धको शौचालयसँगै खाना खानु पर्ने अनि चिसो भुईँ, किराहरूसँगै रात कटाउनु पर्ने पीडा जीवनमा कहिले नआओस् ।
म हिरासतभित्र रहँदा मलाई अन्तरह्रदयबाट सहयोग गर्नु हुने स्थानीयदेखि केन्द्रसम्मका मित्रहरू, दाइँहरू, शुभचिन्तकप्रति हार्दिक नमन अनि म हिरासतभित्र रहँदा बाहिर पाटी मनाउने खुसी हुँदै सामाजिक सञ्जालमा लेख्ने, समाचारका मुख्य शीर्षक बनाउने साथीहरूप्रति फेरि म फर्किएर आएको छु । बाँचुन्जेल कुनै न कुनै दिन देख्छु । यही आशा गर्छु । पत्रकार घिमिरे अनुसन्धान अनलाइनका सम्पादक हुन् ।