जीवनमा आउने दुःखको रहस्य
भगवान् यानि ईश्वरका बारेमा फरक-फरक मानिसका फरक फरक धारणा रहने गरेको पाइन्छ । एक जना गुरुका अनुसार भगवानका बारेमा ठ्याक्कै यसै हो भनेर नत व्याख्या गर्न सकिन्छ, नत यसलाई ठ्याक्कै यसै हो भनेर बुझ्न नै । गुरुले यो कुनै अर्थ लगाउने, जान्ने, बुझ्ने भन्दा पनि यो अनुभव गर्ने कुरा हो भनेर भन्नु भएको छ । खैर, हाम्रो जीवनमा हामीले सोचे जस्तो भएन अथवा हाम्रो जीवनमा कुनै दुःख कष्ट आइलाग्यो भने हामी कहिलेकाहीँ भगवान् सँग पनि क्रोधित अथवा रुष्ट बन्न पुग्छौँ र आवेशमा आएर, सधैँ मलाई नै मात्र किन भनेर भगवानलाई नै गाली गर्न सुरु गर्दछौँ ।
भगवानले हामीलाई किन दुःख कष्ट दिन्छन् अथवा हामी मनुष्यको जीवनमा दुःख कष्टहरू किन आउने गर्दछन् ? यस विषयमा गुरुले दिनुभएको एउटा उदाहरण निक्कै सान्दर्भिक लाग्यो । एक दिन एउटी आमा आफ्नो घरको बरन्डामा बसेर बाहिर आफ्नो सानो छोरा लगायतका अन्य केही केटाकेटीहरू एक साथ खेलिरहेको हेरेर आनन्द उठाइ रहेकी हुन्छिन् । ती खेल्दै गरेका बच्चाहरूलाई देखेर ती आमाको मनमा अत्यन्तै प्रेम जाग्दछ । उनलाई ती सबै केटाकेटीहरूलाई चकलेट दिन मन लाग्छ । उनलाई चकलेट दिन मन पर्यो, घरमा चकलेट पनि थिए, उनले तुरुन्तै चकलेट निकालेर सबै केटाकेटीहरूलाई एक एक वटा चकलेट बाडिदिन् र आफू घर भित्र पसेर काम गर्न थालिन् ।
हाम्रो जीवनमा दुःख, कष्ट, सङ्कट – यी सबै हामीलाई कुनै न कुनै नयाँ ज्ञान दिनका लागि, कुनै नयाँ अनुभव दिनका लागि, हामीलाई आत्म साक्षात्कार गराउनका लागि हुँने/आउने गर्दछन् । चाहे तपाईँ नास्तिक हुनुस् या आस्तिक, यसो विचार गर्नुस् त ! हाम्रो जीवनमा आइपर्ने हरेक दुःख, कष्ट, सङ्कटले हामीलाई कुनै न कुनै प्रकारको नयाँ ज्ञान, नयाँ दृष्टिकोण, नयाँ शिक्षा दिइराखेको हुन्छ ।
एक छिन् पछि बाहिर निस्केर यसो हेर्छिन्, ती केटाकेटीहरू त एकदमै बदमासी गरिराखेका छन् । बदमासी पनि यस्तो प्रकारको बदमासी, त्यो देखेर ती आमा एकदमै क्रुद्ध बन्छिन् । उनलाई ती सबै केटाकेटीहरूलाई एक एक थप्पड लगाउन मन लाग्छ । तर उनलाई थप्पड लगाउन मन लाग्यो भन्दैमा के उनी ती सबै केटाकेटीहरूलाई थप्पड लगाउन सक्छिन् त ? थप्पड लगाउन त सक्छिन् तर केवल आफ्नो छोरालाई । आफ्नो छोरा बाहेकका अन्य केटाकेटीहरूलाई उनी थप्पड लगाउन सक्दिनन् । त्यसो गर्ने अधिकार उनलाई हुँदैन पनि । त्यसैले गुरु भन्नु हुन्छ, चकलेट याने सुख भगवान् सबैलाई दिन्छन् तर थप्पड याने दुःख भगवान् केवल आफ्नो बच्चालाई मात्र दिने गर्दछन् ।
यदि कुनै अभिभावक आफ्ना केटाकेटीहरूलाई थप्पड लगाउँछन् भने यसको अर्थ यो होइन कि उनीहरूलाई त्यतिकै बस्ता बस्ता बोर लाग्छ र उठेर आफ्नो बच्चालाई थप्पड लगाउँछन् । थप्पड यस कारण लगाउँछन्, जब आफ्नो बच्चा कुनै त्यस्तै गल्ती गर्छ । यसै गरेर हाम्रो जीवनमा दुःख कष्ट आउनुको अर्थ यो होइन कि भगवान् त्यतिकै बस्ता बस्ता बोर भएर हामीलाई दुःख दिएका । हाम्रो जीवनमा दुःख यस कारण आउने गर्दछन्, जब हामी बाट कुनै न कुनै भुल हुन्छ । गल्ती हुन्छ । हामी बाट भएको भुल अथवा गल्तीको परिणाम स्वरूप हाम्रो जीवनमा दुःख कष्ट आउने गर्दछन् । र भगवान् चाहन्छन् कि त्यो दुःख बाट उनको बच्चाले केही नयाँ कुरा सिक्न सकोस्, कुनै नयाँ ज्ञान हासिल गर्न सकोस्, ताकि अगाडि गएर उनको बच्चा बाट त्यस्तो कुनै भुल फेरी नदोहोरियोस् अर्थात् उसले फेरि कुनै दुःख कष्ट भोग्नु नपरोस् ।
त्यसैले यदि हाम्रो जीवनमा कुनै दुःख आयो भने, हामी भगवानसंग रुष्ट हुने हैन, बरु भगवानले हामीलाई आफ्नो बच्चा सम्झेर आफ्नो गल्ती सुधार्ने मौका दिनु भयो भनेर भगवानलाई धन्यवाद भन्नु पर्छ । र हामीले बुझ्नु पर्ने अर्को महत्त्वपूर्ण कुरा के हो भने यसरी सुधार्ने वा सुध्रने मौका, सही मार्ग पहिल्याउने वा पहिचान गर्ने मौका भगवानले जोकोहीलाई दिदैनन, मात्र उनका बच्चालाई दिने गर्दछन् ।
हाम्रो जीवनमा दुःख, कष्ट, सङ्कट – यी सबै हामीलाई कुनै न कुनै नयाँ ज्ञान दिनका लागि, कुनै नयाँ अनुभव दिनका लागि, हामीलाई आत्म साक्षात्कार गराउनका लागि हुँने/आउने गर्दछन् । चाहे तपाईँ नास्तिक हुनुस् या आस्तिक, यसो विचार गर्नुस् त ! हाम्रो जीवनमा आइपर्ने हरेक दुःख, कष्ट, सङ्कटले हामीलाई कुनै न कुनै प्रकारको नयाँ ज्ञान, नयाँ दृष्टिकोण, नयाँ शिक्षा दिइराखेको हुन्छ ।
भागवानेले हाम्रो जीवनमा कहिले दुःख कष्ट त कहिले कुनै गुरु, शिक्षक, साधु सन्तहरूलाई पठाएर हामीलाई सही बाटो पहिल्याउनका लागि, सही बाटो रोज्नका लागि सम्झाउने, सुझाउने तथा चेतावनी दिने गर्दछन् । त्यसैले हाम्रो जीवनमा आइपर्ने दुःख कष्ट बाट हताश हुने हैन बल्की होसियार हुने हो । सजक बन्ने हो । यसैमा हामी सबैको कल्याण लुकेको हुन्छ ।
रमेश ढकाल भद्रपुर–झापा (हाल दोहा–कतार)