२०८१ मंसीर २० गते , विहीबार
अविरल वर्षाका कारण कचनकवल गाउँपालिकाका विद्यालय एक महिना बन्द
दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भोलि बिहीबारदेखि एक महिना विद्यालय बन्द दिने निर्णय गरेको छ । शिक्षा शाखा कचनकवलका प्रमुख छवि बस्नेतका अनुसार गाउँपालिकाभरिका सम्पूर्ण विद्यालय एक महिने बर्खे बिदा दिने निर्णय गरिएको बताए । यसअघि शिक्षा शाखामा प्रधानाध्यापकसहितको बैठकले असार १९ गतेदेखि बर्खे बिदा दिने निर्णय गरिसकेको थियो ।
तर, दुई दिन देखि परेको अविरल वर्षाका कारण जनजीवन नै प्रभावित बनेको र बालबालिकाहरू विद्यालयमा न्यून उपस्थिति हुन थालेपछि सोही कुरालाई मध्यनजर गरी बर्खे बिदालाई तीन दिनअघि सारिएको उनले बताए । गाउँपालिकाका सामुदायिक तथा निजी विद्यालय असार १६ गतेदेखि साउन १३ गतेसम्म बर्खे बिदाको बन्द रहने उनको भनाई छ ।