दमक नगरपालिकाको बजेट १ अर्ब ६३ करोड ४० लाख
दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ६३ करोड ४० लाख ४० हजार रुपैयाँको बजेट नगर सभामा पेस गरेको छ । उपप्रमुख रेगिना भट्टराईले सभामा बजेट पेस गरेकी छिन् । यसमा ८३ करोड ३३ लाख ६० हजार अर्थात् कुल बजेटको ५१ प्रतिशत बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ४९ प्रतिशत पुँजीगत खर्चका लागि छुट्ट्याइएको छ ।
उनले पेस गरेका बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समीकरण अनुदान मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, प्रदेश सरकारको वित्तीय समीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैयाँ, प्रदेश सरकारको सवारी साधन कर बाँडफाँडबाट ७० लाख ९९ हजार रुपैयाँ, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागिताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उपप्रमुख भट्टराईले नगर सभामा प्रस्तुत गरिन् ।
आगामी आर्थिक वर्ष ०७९/८० मा पनि सो कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै खाली रहेका नमुना बस्तीका घरमा विपन्न परिवार पहिचान गरी बसोबासको व्यवस्था मिलाइनेछ ।’ कार्यक्रममा उल्लेख गरिएको छ । साथै कार्यक्रमले एक वर्षमा १ हजार विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गराउने गरिएको कार्यक्रम पनि सार्वजनिक गरेको छ । ‘‘अति विपन्न नागरिकको स्वास्थ्य बिमा गर्नका लागि ‘‘तपाईँको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरकी उप प्रमुख रेगिना भट्टराईले जानकारी दिइन्। विपन्नताका लागि आर्थिक वर्ष ०७९/८० मा गरिबी न्यूनीकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने पनि कार्यक्रममा समेटिएको छ । कार्ड मार्फत शिक्षा,स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । जस अन्तर्गत क्रमशः सबै अति विपन्न परिवारहरू समेटिने लक्ष लिइएको छ । यस वर्षको बजेटले नगरका १ हजार परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
नगरपालिकाले विपन्नताका लागि सहुलियत पसलको व्यवस्था पनि गर्ने नीति लिएको छ । ‘कम्तीमा ३ सय अति विपन्न परिवार छनौट गरी परिवार सङ्ख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु चामल पिठो, दाल,नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने उप प्रमुख भट्टराईले बताइन् । सरकारको सवारी साधन कर बाँडफाँडबाट ७० लाख ९९ हजार रुपैयाँ, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागिताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उप प्रमुख भट्टराईले नगर सभामा प्रस्तुत गरिन् ।
बजेटले नगरपालिकाको सुशासन, आर्थिक समृद्धि, लैङ्गिक समानता , समावेशीकरण , न्यायपूर्ण , सन्तुलित र दिगो पूर्वाधार विकासलाई समेत जोड दिने बताइएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगर सभाका सदस्यहरूलाई असार २० गते सम्ममा नगर प्रमुखलाई सुझाव पेस गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौँ नगर सभाको दोस्रो बैठक असार २७ गते बस्ने नगर प्रमुख राम कुमार थापाले जानकारी दिए ।