२०८२ बैशाख १६ गते , मंगलबार

भद्रपुर नगरपालिकाको बजेट ९१ करोड ३४ लाख २३ हजार

sajilo news
पार्थ मण्डल
२०७९ असार ९ गते , विहीबार
भद्रपुर नगरपालिकाको बजेट ९१ करोड ३४ लाख २३ हजार

भद्रपुर । प्रदेश नम्बर १ कै प्रथम बालमैत्री स्थानीय शासनयुक्त झापाको सदरमुकाम भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । 
भद्रपुर नगरपालिकाको ११ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताइन् । 
चालु आर्थिक वर्ष २०७८/०९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ । 
ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार,  प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार,  समपूरक अनुदानबाट २ करोड,  सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार,  विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ । 
नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा संघ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोरिने अनुमान गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।  नगर सभामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, १० वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको नगरसभा नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि नगरसभा सम्पन्न भएको छ ।  

सम्बन्धित समाचार