२०८१ माघ २५ गते , शुक्रबार
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते

मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडास्थित आमवारि कुटुमगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना चालक सुनवर्सी नगरपालिका –९ का २४ वर्षीय राजकुमार शर्मा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना परी गम्भीर घाइते भएका शर्माको रङ्गेली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलको पछाडि सवार भारत अररिया जिल्ला कुसाकट्टाका २० वर्षीय किसनकुमार कामत सामान्य घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ