सत मिलन महिला समूहद्वारा दुई जना सम्मानित

भद्रपुर । सत मिलन महिला समूह भद्रपुरले शिक्षासेवी र दाता गरी दुई जनालाई सम्मान गरेका छन् । समूहले आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा वीरेन्द्र माध्यमिक विद्यालय भद्रपुरकी पूर्व शिक्षक नवकुमारी खनाल र संस्थालाई सहयोग गर्ने दाता भूपालमान कार्कीलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । समूहले सोही अवसरमा भद्रपुर वडा नम्बर ७, ८ र १० बाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई समेत सम्मान गरेका थिए ।
भद्रपुरका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरकी उपमेयर राधा कार्की, ७ नम्बर वडा अध्यक्ष अभिशेख ढुङ्गाना, सम्मानित शिक्षक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष मनोज सुब्बा ९गौरव०, समाजसेवी गोविन्द लम्साल, श्याम लेप्चा, काँग्रेसकी नगर सचिव अनिता रिजाल, १० नम्बर वडा सदस्य तुलसी पोखरेल, सङ्गीता कोइराला , समाजसेवी प्रेम तामाङ, सावित्रा न्यौपाने, जग्गादाता सुवास राजवंशी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कुमारी राई , सविता श्रेष्ठ, हेमा कन्दङ्गवा, शान्ति राई, दुर्गा लिम्बु लगायतलाई नयाँ सदस्यता समेत प्रदान गरिएको थियो । समूहकी अध्यक्ष यशोदा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मेनका शर्माले गरेकी थिइन् ।