२०८१ फाल्गुन ४ गते , आईतबार
झापाको जामुनखाडीमा विपद्को कृत्रिम घटना अभ्यास (हेरौं तस्बिरमा)

विश्व वातावरण दिवसको सन्दर्भ पारेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति झापाले विपद्को कृत्रिम घटना अभ्यास तालिम सम्पन्न गरेको छ । जिल्लाका बाढी पीडितलाई कसरी बचाउने र जोगाउने उद्देश्यले कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा आइतबार विपद्को कृत्रिम घटना अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीले सो अभ्यास गरेको बताइएको छ । सो अभ्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको नेतृत्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू सहभागिता रहेको थियो । झापामा बर्सेनि नदी तथा खोलामा आएको बाढीले भौतिक तथा मानवीय क्षति पुर्याउँदै आएको छ ।