२०८१ माघ २५ गते , शुक्रबार

क्लिन झापाद्वारा गोलधाप बजार सरसफाइ

sajilo news
झापा
२०७९ जेष्ठ २२ गते , आईतबार
क्लिन झापाद्वारा गोलधाप बजार सरसफाइ

सरसफाइ एवम् वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसर पारेर झापाको गोलधाप बजार सरसफाइ गरेको छ ।
आइतबार बिहान नवनिर्वाचित जनप्रतिनिधि, जनपद प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ–संस्था एवम् सरसफाइ अभियानकर्मीहरूको सहभागितामा हल्दिबारी गाउँपालिका, वडा नं १ को गोलधाप बजार सरसफाइ गरिएको हो ।
वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवी थापा, क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्याय, उपाध्यक्ष सन्तोष न्यौपानेलगायत सहभागी भई लगभग दुई सय मिटर क्षेत्रमा सरसफाइ गरिएको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए ।
क्लिन झापाले बर्सेनि सरसफाइ सप्ताहको अवसरमा सरसफाइका काम गर्दै आएको छ भने विभिन्न पालिकाहरूमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार