२०८१ फाल्गुन ४ गते , आईतबार

बिर्तामोडमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय

sajilo news
झापा
२०७९ जेष्ठ २२ गते , आईतबार
बिर्तामोडमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय

बिर्तामोड नगरपालिका क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी असार १ गतेदेखि लागु हुने गरी २०७९ जेठ १ गतेभन्दा अघि बमोजिम नै बिदा र समयलाई निरन्तरता दिने निर्णय गरेको हो । स्थानीय नगरवासी,विद्यालय र विद्यार्थीको मागसमेतलाई ध्यानमा राखी उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै आइतबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ३ बिर्ता बजारमा बिर्ता बजार कृषि तथा सामुदायिक भवन जेठ २७ गतेबाट निर्माण प्रारम्भ हुने भएकोले त्यस स्थानमा रहेका व्यापारी,व्यवसायीहरूलाई भवन निर्माण हुँदासम्मका लागि महेन्द्र रत्न माध्यमिक विद्यालयको कम्पाउन्ड बाहिर रहेको जग्गामा बजार व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समितिलाई जग्गा उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय गरेको छ ।

भवन निर्माण सम्पन्न भएपछि उक्त जग्गा स्वतः खाली गरिदिनु पर्ने छ । उक्त स्थानमा व्यवसाय गर्दै आएका व्यापारीहरूले जेठ २६ गते बिहीबारसम्ममा टहरा खाली गरिदिने प्रतिबद्धता जनाएकाले २७ गतेबाट पुराना टहरा भत्काउने र नयाँ भवन निर्माण सुरु गर्न ठेकेदारलाई अनुरोध गर्ने निर्णय गरिएको हो । आइतबारको बैठकले भौतिक पूर्वाधारसम्बन्धी विभिन्न योजनाहरू प्रदेश मन्त्रालयसँग माग गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार