विश्व वातावरण दिवस, प्राकृतिक स्रोतको दिगो विकासमा राष्ट्रपतिको जोड

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उदेश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवश मनाउन सुरु गरिएको हो।
यस वर्ष ‘दिगो प्रकृतिमैत्री जीवनयापन पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ। सन् १९७२ को जुन ५ देखि जुन १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ को जुन ५ मा पहिलोपटक विश्व वतावरण दिवस मनाउन सुरु गरिएको हो।
वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको बताएकी छन्। विश्व वातावरण दिवसको अवसरमा शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले पृथ्वीको संरक्षण गर्दै सबै खाले प्राकृतिक स्रोतको दिगो विकासका लागि वीवनशैलीमा परिवर्तन ल्याई स्वस्छ र हरित मानवीय पद्दतिको विकास गर्ने कुरा आजको मुख्य चुनौती रहेको उललेख गरेकी छन्।
यस्तै शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताएका छन्।
वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने उहाँले विश्वास लिएकाछन्।