२०८१ माघ २५ गते , शुक्रबार

कनकाईमा आगलागी, ६ वटा बाख्रा गोठमै जले

sajilo news
झापा
२०७९ जेष्ठ २२ गते , आईतबार
कनकाईमा आगलागी, ६ वटा बाख्रा गोठमै जले

कनकाई नगरपालिकामा आगलागी हुँदा ६ वटा बाख्रा जलेर मरेको छ । शनिवार बेलुका ८ :४५ बजे कनकाई नगरपालिका-१ जुके कल्भर्ट निवासी धर्मध्वज भट्टराईको गोठमा आगलागी भएको थियो । आगलागीमा परी ६ वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।  गोठमा रहेको चुलोबाट सो आगलागी भएको जनाइएको छ । आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार