२०७९ जेष्ठ ८ गते , आईतबार

इलामको देउमाई मतगणना स्थलमा हवाईफायर

sajilo news
इलाम
२०७९ बैशाख ३१ गते , शनिबार
इलामको देउमाई मतगणना स्थलमा हवाईफायर

इलामको देउमाई नगरपालिकाको मतगणना स्थलमा प्रहरीले हवाईफायर गरेको छ । त्यहाँको मतगणना २ घण्टादेखि नै स्थगित भइसकेको छ ।

शनिवार नगरपालिका भवनमा मतगणना जारी रहँदा विवादले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाईफायर गरेको स्थानीय पत्रकार टिका खतिवडाले जानकारी दिए ।

 मतगणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो । त्यसपछि सत्ता गठबन्धनमा आबद्ध दलनिकट व्यक्तिहरूले नेकपा (एमाले)ले ‘सेटिङ’ गरेको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको विरोधपछि मतगणना अवरुद्ध भएको खतिवडाले जानकारी दिए ।

उनीहरूले निर्वाचन अधिकृत हरिबहादुर दाहाल र स्थानीय प्रशासनविरुद्ध नाराबाजी गरेपछि मतगणना स्थल अशान्त बनेको थियो । विवादकै बीच स्थिति जटिल बन्दै गएपछि हवाईफायर भएको खतिवडाले जानकारी दिए ।

सम्बन्धित समाचार