२०७९ जेष्ठ ८ गते , आईतबार

भद्रपुर नगरपालिकामा ३४०२८ मत खस्यो

sajilo news
झापा
२०७९ बैशाख ३० गते , शुक्रबार
भद्रपुर नगरपालिकामा ३४०२८ मत खस्यो

भद्रपुर नगरपालिकामा ३४ हजार २८ मत खसेको छ । नगरमा ५१ हजार २६० मतदाता रहेकोमा १७ हजार २३२ जनाले मतदान नगरेको पाइएको छ । नगरभरिका १० वडाको ५८ मतदान केन्द्रमा मतदान भएको थियो । नगरमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरी मेयरमा काँग्रेसका गणेश पोखरेल र उपमेयरमा माओवादीका शिवकुमार राजभण्डारीलाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले असारु राजवंशी र राप्रपाले नवराज पनेरुलाई मेयरको उम्मेदवार बनाएका हुन् । अब मेयरमा कसले बाजी मार्ला मत परिणामले देखाउने छ । 

सम्बन्धित समाचार