२०७९ जेष्ठ ७ गते , शनिबार

बिर्तामोडको दुई ठाउँमा झडप

sajilo news
झापा
२०७९ बैशाख २९ गते , विहीबार
बिर्तामोडको दुई ठाउँमा झडप

स्थानीय निर्वाचनको अघिल्लो राति बिर्तामोडको दुई ठाउँमा झडप भएको छ । बिर्तामोडको वडा नं १० र ८ मा दुई पक्षबिच झडप भएको हो । बुधवार राति मौन अवधिमा नेपाली काँग्रेसका तर्फबाट बिर्तामोड १० की दलित महिला सदस्य दीपिका सिवा ठुटेबरस्थित शिवनारायण चौधरीको घरमा आएपछि विवाद भएको थियो । उनले आफूलाई नातामा पर्ने भएकाले चौधरी परिवारले खाना खान बोलाएको बताएकी छन् । तर, वडामा गठबन्धन बनाएका एमाले र राप्रपाका कार्यकर्ताले मौन अवधिमा उम्मेदवार भोट माग्न आएको भन्दै शिवनारायण चौधरीको घरसहित पुरै गाउँ घेराउ गरेका थिए ।

उनीहरूले आफ्नो घरबाट उम्मेदवार सिवालाई बाहिर निकाल्ने प्रयास गर्दै ढुंगामुढा गरेको शिवनारायणले बताए । ठुलो सङ्ख्यामा भीड जम्मा भएर दुवै तर्फबाट ढुङ्गा हानाहान भएपछि प्रहरीले उद्धार गरी सिवालाई घरसम्म पु¥याएको थियो । आफूहरूले उम्मेदवार सिवालाई उद्धार गरी घरसम्म पु¥याएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताए । त्यस क्रममा झडपमा उत्रिएका कार्यकर्ताको चार वटा मोटरसाइकल बरामद भएको उनले जनाए ।त्यस्तै बुधवार राति बिर्तामोड ८को गणेश चौकमा दुई पक्षबिच झडप भएको छ । राजु चौधरीका भाइलाई कुटेको विषयमा दुई पक्षबिच झडप भएको कुँवरले बताए । प्रहरीले घटनास्थलबाट एक थान खुकुरी बरामद गरेको छ ।

सम्बन्धित समाचार