२०७९ जेष्ठ ८ गते , आईतबार

पाकिस्तानीमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै

sajilo news
एजेन्सी
२०७८ चैत्र २८ गते , सोमबार
पाकिस्तानीमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै

पाकिस्तानी संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दैछ।  इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो। नयाँ प्रधानमन्त्री चयनका लागि हिजो नै मनोनयन दर्ता भइसकेको छ। हालको सत्तारुढ पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ ९पिटिआई०बाट शाह मोहमद कुरैशीको उम्मेदवारी दर्ता भएको छ। यस्तै विपक्षी गठबन्धनले शाहबाज सरिफलाई उम्मेदवार बनाएको छ।

आज दिउँसो २ बजे संसदमा प्रधानमन्त्री चयनकालागि मतदान हुनेछ। सभामुख अयाज सादिकले प्रधानमन्त्री चयन प्रक्रियाका लागि बिहान ११ बजे संसद बैठक बोलाएका छन्। 

यसैबीच संसदमा विश्वास गुमाएर पदमुक्त भएकाका इमरान खानले देशमा विदेशी षड्यन्त्रविरुद्ध अब संघर्ष सुरु भएको बताएका छन्।  देशमा जनताले चुनेको सरकारलाई ध्वस्त पार्न विदेशी षड्यन्त्र भएको र यसको जवाफ जनताले दिने खानको भनाइ छ।

सम्बन्धित समाचार