२०७८ माघ ५ गते , बुधवार

झापामा यात्रुवाहक दुर्घटना : एक जनाको मृत्यु, २२ घाइते

झापामा यात्रुवाहक दुर्घटना : एक जनाको मृत्यु, २२ घाइते :: Times of Pradesh

झापा । झापामा यात्रुवाहक दुर्घटना भएको छ । बस दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ, भने २२ यात्रु घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । 

प्रहरीका अनुसार  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कनकाई नगरपालिका- ८ स्थित बिरिङ पुलमा आइतबार दिउँसो बस दुर्घटना भएको थियो ।   पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आफै अनियन्त्रित भई बिरिङ पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किँदा बस तल खस्न पाएन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारको लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कनकाई नगरपालिका- ७ निवासी १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको डिएसपी पाठकले बताए । 

अन्य घाइते भएकाहरूमध्ये ११ जनाको बीएण्डसी अस्पताल र ११ जनाको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यता बस चालक सुनसरी बराहा नगरपालिका ३ निवासी ३२ वर्षीय बाबुराम कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।




टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment