२०७८ माघ ५ गते , बुधवार

देशभर चिसो बढ्यो, बंगलादेशको न्यून चापीय प्रणालीको असर

देशभर चिसो बढ्यो, बंगलादेशको न्यून चापीय प्रणालीको असर :: Times of Pradesh

झापा । काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दै गएको छ।  काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन भएको छ। आज बिहान पौने ६ बजे उपत्यकाको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो यस बर्षको जाडो सुरु भएयताको कम तापक्रम मापन भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उपत्यकाको हिजोको न्युनतम तापक्रम ८ दशमलव ४ र अस्ति ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम दिनहुँ घट्ने क्रममा रहेको छ। महाशाखाको पछिल्लो मापनअनुसार जुम्लाको तापक्रम माइनस २ दशमलव ५ डिग्री सेल्सियस छ।  आज दिउँसो प्रदेश नम्बर एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको संभावना रहेको छ। 

नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै छ। उक्त प्रणालीसँगै भित्रिएको प्रदूषणले प्रदेश नम्बर एक , काठमाडौं उपत्यकासहित बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा तुवाँलो लागेको छ। 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment