२०८१ जेष्ठ १३ गते , आईतबार

लकडाउनबाट हैरान भएर मोडलले गरिन् आत्महत्या

sajilo news
पार्थ मण्डल
२०७८ असार १५ गते , मंगलबार
लकडाउनबाट हैरान भएर मोडलले गरिन् आत्महत्या

एजेन्सी । कोरोनाका कारण गरिएको लकडाउनबाट हैरान भएर एक मोडलले आत्महत्या रोजेकी छन् । उनले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् । घटना भारतस्थित युपीको गौतमबुद्ध नगरको हो ।  दिल्लीको मयुर विहार निवासी मोडल प्रिया अर्थात भावना पछिल्लो केही दिनदेखि आफ्नो ठूली बहिनी प्रियंकासँग रहँदै आएकी थिइन् । कोरोना कालमा उनले मुम्बईमा मोडलिङ समेत गरेकी थिइन् । तर कोरोनाको कारण लागेको दोस्रो लकडाउनले उनी आफ्नो करियरका लागि चिन्तित थिइन् । 

घरमा बेरोजार बसेको चिन्ताले उनले सोमबार राती साढे आठ बजे नजिकको सोसाइटीको १४ औ तलबाट हाम फालेकी थिइन् । सोसाइटीका सुरक्षा गाडले घटनाको खबर समयमै गरेको कारण पुलिसले उनलाई बेलैमा अस्पताल समेत पुर्याएको थियो । डाक्टरले  परीक्षण पछि उनलाई मृत घोषित गरेका थिए । उनले कुनै सुसाइट नोटिस समेत नछोडेको पुलिसले बताएको छ । यस बिषय पुलिसले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार