२०७८ जेष्ठ २९ गते , शनिवार

थप ५४ जनाको मृत्यु, देशभर थपिए ९ हजार ७० जना कोरोना संक्रमित

थप ५४ जनाको मृत्यु, देशभर थपिए ९ हजार ७० जना कोरोना संक्रमित :: Times of Pradesh

झापा । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् ।  विभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment