२०८० चैत्र १५ गते , विहीबार

भारतमा भूकम्प, नेपालको पश्चिमी भेगमा धक्का महसुस

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २२ गते , बुधबार
भारतमा भूकम्प, नेपालको पश्चिमी भेगमा धक्का महसुस

बैतडी । बैतडीमा आज (बुधबार) अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ४ बजेर ३९  मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। 

४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको खेतभरार आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माले जानकारी दिए।  भूकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार