२०७८ बैशाख २४ गते , शुक्रवार

झापाको ब्रिकेट उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर, ३७ घण्टामा ५५ प्रतिशत मात्र नियन्त्रण

झापाको ब्रिकेट उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर, ३७ घण्टामा ५५ प्रतिशत मात्र नियन्त्रण :: Times of Pradesh

झापा । मेचीनगर नगरपालिका १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट उद्योगमा लागेको आगो अझै नियन्त्रण बाहिर छ । सोमबार बिहान ३ बजे लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ३७ घण्टामा ५५ प्रतिशत आगो मात्र नियन्त्रणमा आएको डिएसपी थापाको भनाई छ । अहिले पनि घटनास्थलमा तीन वटा दमकल र जेसिभी आगो निभाइरहेको जनाइएको छ ।  प्रज्वलनशील वस्तु भएकाले सजिलै आगो निभाउन नसकिरहेको बताउँदै डिएसपी थापाले भने, 'आगो नियन्त्रणमा लिन यति नै समय लाग्ने भनेर यकिन गर्न अहिले नै सकिँदैन ।'

आगलागीबाट उद्योगमा १० देखि १२ करोड रुपैयाँसम्म क्षति भएको प्रहरीको अनुमान छ । आगलागीबाट उद्योगको एउटा भवन त्यहाँ रहेको मेसिन, ट्याक्टर, एक्स्काभेटर, कच्चा पदार्थ, तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिए । 
आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५० लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको उनको भनाई छ । डेढ बिघा क्षेत्रफलमा फैलिएको सो उद्योग २०७५ साल फागुन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment