२०७८ जेष्ठ २९ गते , शनिवार

झापामा साइकलबाट लडेर एक जनाको मृत्यु 

झापामा साइकलबाट लडेर एक जनाको मृत्यु  :: Times of Pradesh

झापा। झापामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका २ स्थित राजगढबाट कुटीतर्फ साइकलमा जाँदै गरेका बाह्रदशी १ बस्ने अन्दाजी ४० वर्षीय दयालाल राजवंशी साइकलबाट लडेर मृत्यु भएको छ ।  आफै चलाएको साइकल अनियन्त्रित भएर लडेका राजवंशीलाई स्थानीयले देखेर तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी टोलीले घाइते राजवंशीलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाएको थियो । उनको शुक्रवार दिउँसो साढे १ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment