२०७८ बैशाख ७ गते , मंगलवार

पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित

पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित :: Times of Pradesh

झापा । नेपाल पत्रकार महासंघ झापा शाखामा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन, मिडिया नेपाल र स्वतन्त्र पत्रकारको श्रमजीवी व्यावसायिक पत्रकारहरूको संयुक्त समावेशी प्यानलको वर्चस्व भएको छ । १८ पदका लागि बुधवार भएको निर्वाचनमा संयुक्त समावेशी प्यानलले अध्यक्षसहित १४ पदमा जित हासिल गरेको छ । 
संयुक्त समावेशी प्यानलबाट अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन्  । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ र नेपाल निकट प्रेस चौतारीका तीर्थ सिग्देलले २६ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा संयुक्त समावेशी प्यानलका केशव भट्टराई निर्वाचित भएका छन् । भट्टराईले १३१ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् । प्यानलबाट महिला उपाध्यक्षमा सुशील सङ्ग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका सावित्रा दाहाल १०७ मत ल्याइन । 
त्यसैगरी सचिवमा प्यानलतर्फका प्रेस सङ्गठनका डिकेश लामाले १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्रबाट प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् । खुला सहसचिवमा प्यानलका राजु पाठकले १५५ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विनोद सापकोटाले ९२ मत ल्याएका छन् । समावेशी सहसचिवमा प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी प्रेस नेपालका देशराज नेम्वाङले ७३ मत ल्याएका छन् । कोषाध्यक्षमा प्यानलका रञ्जित प्रसाईँले  १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् । त्यसैगरी प्यानलबाटै खुला सदस्यतर्फ मनीषा चम्लागाँई (१५१), विनोद पाण्डे (१४७), चिरञ्जीवी घिमिरे (१३३), होमप्रकाश अधिकारी (१२२), शुस्मा राजवंशी (११५), द्रोण अधिकारी (१०७) मत ल्याई निर्वाचित भएका छन् । प्रेस चौतारीबाट खुला सदस्यतर्फ सुनिरा मैनाली (१२१), अच्युतराज सुवेदी (१०७) र अनिल वाग्ले (१०५) मत ल्याई निर्वाचित भएका छन् । दलित सदस्यतर्फ रञ्जित परियार १४० र राजन साम्पाङ १२४ मत ल्याई निर्वाचित भएका छन् । महिला सदस्यमा स्वस्तिका आचार्य र मधेसी सदस्यमा सन्तोष शर्मा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्यमा गोपाल काफ्ले ९ १६९०, ज्ञानेन्द्र निरौला ९१६५० र कृष्ण हुमागाईँ ९१४१० मत ल्याई निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा सबै निर्विरोध भएका छन् । निर्वाचित हुनेमा समावेशी सदस्यतर्फ सन्तोष अग्रवाल, पूजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशी र अनुषा चुँडाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खुला सदस्यतर्फ ईश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेती निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । परिषद् सदस्य महिलातर्फ भीमा सिवाकोटी, रेजिना गौतम निर्विरोध निर्वाचित हुँदा जनजातिबाट दिपिन राईसमेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश समिति र केन्द्रीय समितिको मत गणना जारी छ ।
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment