२०८० चैत्र १६ गते , शुक्रबार

झापाको गौरादहबाट ९ जुवाडे समातिए

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २४ गते , मंगलबार
झापाको गौरादहबाट ९ जुवाडे समातिए

झापा । झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्।  गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा (कौडा) खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय २० रुपैयाँ, १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह-२ बस्ने ३२ वर्षीय निर्मल थापा, गौरादह-३ बस्ने ३५ वर्षीय अङ्कित कार्की, सोही ठाउँका ३८ वर्षीय सुरेश भण्डारी, ४६ वर्षीय  गौरादह ४ बस्ने ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका-३ बस्ने ४० वर्षीय रामप्रसाद खतिवडा, सोही ठाउँका ४२ वर्षीय ईश्वर खतिवडा, कनकाई ७ बस्ने ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक नगरपालिका ७ बस्ने ३८ वर्षीय निरबहादुर सुनुवार रहेको डिएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।

सम्बन्धित समाचार