२०७८ बैशाख ७ गते , मंगलवार

झापाको गौरीगञ्जमा श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे आत्महत्या

झापाको गौरीगञ्जमा श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे आत्महत्या :: Times of Pradesh

झापा । गौरीगञ्ज ५ स्थित बालुगाउँमा श्रीमतीलाई घाइते बनाई श्रीमानले आत्महत्या गरेका छन् । गएराति ३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन् । राति २६ वर्षिया श्रीमती राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै क्रममा उनले धारिलो हतियारले रोपेका थिए ।

श्रीमती रक्ताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । श्रीमती राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार संभव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए । जगतबहादुरको लाशलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment