२०७८ बैशाख ७ गते , मंगलवार

बहसमा झापाको बीएण्डसी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ?

बहसमा झापाको बीएण्डसी मेडिकल कलेज : कस्तो हुनुपर्छ मेडिकल कलेज ? :: Times of Pradesh

(डा.उमेशकुमार शर्मा कन्सल्टेन्ट रेडियोलोजिस्ट) नेपालको सुदूरपूर्वी जिल्ला झापा, जसको उत्तरी सिमाना इलाम, पश्चिममा मोरङ र दक्षिणमा भारतको बिहार राज्य र पूर्व तथा दक्षिण पूर्वमा भारतको वेस्ट बंगाल सिमानाका रुपमा रहेका छन् । झापाबाट इलाम, पाँचथर, ताप्लेजुङ, पाँचथरजस्ता जिल्लाहरु यसको छिमेकी जिल्लाको रुपमा रहेका छन् । झापालगायतका उल्लेखित छिमेकी जिल्लाहरुमा स्वास्थ्य तथा मेडिकल शिक्षाका लागि धरान, विराटनगर वा काठमाडौं कि त छिमेकी मुलुक भारत पुग्नुपर्ने बाध्यात्मक परिस्थिती छ ।

यो समस्यालाई समाधान गर्ने एउटा कडीको रुपमा झापामा रहेको बी एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई पाउन सकिन्छ । नेपालको सुदूरपूर्वका विकट जिल्लाहरुमा सवारी दुर्घटनाका कारण होस् वा लडेर घाइते भएकाहरु तथा जटिल स्वास्थ्य समस्या भएका बिरामीहरुको तत्काल उपचार गर्ने केन्द्रको रुपमा भरोसायुक्त संस्थाको रुपमा स्थापित हुँदै गएको पाउन सकिन्छ बी एण्ड सी अस्पताललाई । मुलुकको राजधानीबाट सुदूरपूर्वमा मेडिकल शिक्षा प्रदान गर्न साथसाथै स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पर्ने पूर्वाधारदेखि योग्य, दक्ष एवं कुशल जनशक्तिको व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण पक्कै हैन ।

त्यसमा पनि मेडिकल कलेज वा शिक्षण अस्पतालको स्वरुप र प्रकृति निकै जटिल हुने हुँदा यस्ता शैक्षिक संस्था स्थापना गर्नु कदापी सजिलो हुँदैन । काठमाडौं उपत्यका बाहिर पूर्वाधार तयार गर्नु पर्दा कम्तिमा १६ विघा जग्गाको व्यवस्था गरेको हुनुपर्ने, अस्पताल र कलेज निर्माण पूर्व इआईए गरिसकेको हुनुपर्ने, स्वास्थ्य मन्त्रालयको नियमानुसार भवन विभागबाट मापदण्ड पूरा गरी भूकम्प प्रतिरोधात्मक क्षमता भएको ३०० शैय्याको अस्पताल ३ वर्ष चलाएकोे हुनपर्नेजस्ता मापदण्डहरु पूरा गर्नु मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालनको पूर्वशर्तहरु हुन । बी एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पतालले माथि उल्लेखितलगायतका पूर्वशर्तहरु पूरा गरेको अवस्थामा रहेको पाउन सकिन्छ ।

मेडिकल कलेज तथा शिक्षण अस्पताल हुनका लागि के—के हुनुपर्छ?

उचित क्षेत्रफलमा बनेको स्तरीय पूर्वाधार हुनुपर्दछ । बिरामीको संख्या पर्याप्त हुनु पर्दछ । बहिरंग तथा अन्तरंग सेवाहरु गुणस्तरीय हुनुपर्दछ । अस्पतालमा शल्यक्रियाहरु हरेक विधामा हुन जरुरी हुन्छ । आकस्मिक सेवा २४ घण्टा उपलब्ध हुनुपर्दछ । शिक्षण अस्पतालले रेफर गर्ने बिरामीको संख्या न्युन हुनु पर्दछ । त्यस्तै मेडिकल कलेजको पूर्वाधार तयार गर्न प्री क्लिनिक विषयका लागि एनाटोमी, हिस्टोलोजी, बायोकेमिस्ट्री, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी तथा कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिनको लागि स्तरीय ल्याबोरेटरी तयार गरेको हुनुपर्दछ । यी बाहेक प्रत्येक विषयका लागि tutorial room, डेमोस्ट्रेसन रुम चाहिन्छ । प्रत्येक विषयका फ्याकल्टीहरुलाई आ–आºनो कार्यकक्ष तयार पारेको हुनुपर्दछ ।

प्रि—क्लिनिक एवं क्लिनिकल साइन्सका लागि ५–६ वटा लेक्चरर हल मापदण्डअनुसार तयार गरेको हुनुपर्दछ । लाइब्रेरी, इलाइब्रेरी न्यूनतम रुपमा तयार भइसकेको हुनुपर्दछ । यसका अलावा विद्यार्थीहरुका लागि होस्टल एवं क्यान्टिन तयारी भएको हुनुपर्दछ । शिक्षा मन्त्रालयबाट आशय पत्र पाप्त गरिसकेपछि यी पूर्वाधार तयार गर्न एक व्यवसायीले ठूलो रकम लगानी गरिसकेको हुन्छ । बी एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पतालले माथि उल्लेखित सम्पूर्ण मापदण्ड पूरा गरेर करिब ६ वर्षदेखि अस्पताल सञ्चालनमा रहेको छ । स्वास्थ्य मन्त्रालयले कैयौैं पटक निरिक्षण गरेर प्रत्येक मापदण्ड पूरा गरेको भनेर ३०० शैय्याको अनुमति दिएको पनि ३ वर्ष भइसकेको छ । यस अस्पतालले मेची अञ्चलका २५–३० लाख जनतालाई मात्र नभएर नेपालका कैयौं जिल्लाबाट एवं भारतलगायत विदेशबाट आएका बिरामीहरुलाई उच्च एवं गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

बी एण्ड सी शिक्षण अस्पतालका विभिन्न सकारात्मक कारणहरुले गर्दा बिरामी सेवाग्राहीको संख्या उल्लेख्य भएको पाइन्छ । जसमा २४ घण्टा विशेषज्ञ चिकित्सकको उपलब्धता, अस्पतालमा १ सयभन्दा बढी पूर्णकालीन चिकित्सक, उच्चस्तरीय नर्सिङ एवं पारामेडिकल स्टाफहरुबाट प्रदान गरिने सेवा प्रमुख कारण हो । यस्तै, अस्पतालमा न्युरो सर्जरी, ट्रमा एण्ड अर्थोपेडिक्स, जनरल सर्जरी, युरोसर्जरी, इएनटी, मेडिसिन, गाइने, पेडियाट्रिक्स, साइक्याट्रीक, डर्माटोलोजी, कार्डियोलोजी, अंकोलोजी आदि विशेषज्ञ सेवाहरु उपलब्ध छन् । अत्याधुनिक आईसीयु, सीसीयु, एनआईसीयु, पीआईसीयुको व्यवस्था छ । मेडिकल प्रविधीमा पनि अस्पताल अब्बल रहेको छ । १२७ स्लाइस एण्ड १६ स्लाइस सिटी स्क्यान, १.५ टेस्ला एमआरआई, डिजिटल क्याथ ल्याब, रेडियोथेरापी, brachytherapy हेमोडाइलाइसिस, न्युरो नेभिगेसन, अल्ट्रासाउण्ड, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, कोलोन्सोकोपी, bronchoscopy का अत्याधुनिक उपकरणहरु उपलब्ध छन् ।

अस्पताल एवं शिक्षण अस्पतालले माइक्रोभास्कुलर सर्जरी, ब्रेन ट्युमर, दिमागको रक्तश्रावको सर्जरी, ल्याप्रोसकोपी जनरल सर्जरी, रेडियोसर्जरी, केमियोथेरापी, अंको सर्जरी, र दुर्घटनामा परेकाहरुको अर्थोप्लास्टिक र स्पाइन सर्जरी आदि शल्यक्रिया पनि उपलब्ध गराइरहेको छ । रेडियोलोजी र प्याथालोजीको विशेषज्ञ सेवा २४ सै घण्टा उपलब्ध छ ।

बीएण्डसीका चुनौती

विश्वस्तरीय उपकरणमार्फत विशिष्ट स्वास्थ्य सेवा न्युन शुल्कमा आम सर्वसाधारणमा प्रवाह गर्नु अस्पतालको प्रमुख चुनौती हो । यस्तै, उपचारका लागि विदेशिने सर्वसाधारणलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने कुरामा विश्वस्त पार्नु पनि सहज छैन ।

देशको राजधानी टाढा भएकोले राजधानीमार्फत ल्याउनुपर्ने स्वास्थ्य सामाग्रीहरुको समयमा उपलब्धता गराउनु पनि प्रमुख चुनौतीका रुपमा रहेको छ । बी। एण्ड सी। शिक्षण अस्पतालले जुन तहमा आफूलाई तयार गरेको छ, त्यसका सामु मािथ उल्लेखित चुनौतीहरुसँग जुध्न खासै समस्या हुने देखिँदैन् । यद्यपि, यसमा भएका कतिपय कमजोर पक्षलाई समयमै ध्यान दिन जरुरी भने हुन्छ । यस्तो सुविधा सम्पन्न अस्पतालले जनस्तरमा पु¥याएको सुविधाको उचित मुल्यांकन अवश्य हुनुपर्दछ । यदि पुराना मेडिकल कलेज तथा शिक्षण अस्पतालले आवश्यक मापदण्ड पूरा गरेका छैनन भने राज्यस्तरबाट उचित कारवाही तथा आवश्यक नियमनको जरुरत पर्दछ । तर, विगतमा स्थापित मेडिकल कलेजको बदमासी तथा कमजोरीलाई कारण देखाउँदै नयाँ सम्भावना बोकेका उदाउँदा संस्थाहरुलाई बर्जित गर्न खोज्नु एउटा मुर्खता शिवाय अरु केही हुने सक्दैन् ।

देशको शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारको संरक्षण र सम्वद्र्धनको लागि राज्य नियमनकारी निकायको भूमिकामा हुनुपर्दछ । राज्यले थुनछेकको मात्र नीति लिनुभन्दा पनि आवश्यक सहयोग, नियमन र नियन्त्रणको भूमिकामा हुनु पर्दछ । नेपालका केही मेडिकल कलेज न्यूनतम मापदण्ड पुरा नगरेको अवस्थाका देखिन्छन् । पुराना थोत्रा सेकेन्ड ह्यान्ड उपकरणहरु खरिद गरेर ल्याएका पनि दृष्टान्त छन्, जुन नेपाल सरकारको नियम विपरित छ । तर, त्यस्ता कलेजलाई कारवाही गरेको र त्यस्तो संस्थाको विरोधमा उत्रेको पनि देखिँदैन् । सुविधा सम्पन्न शिक्षण अस्पताल एवं मेडिकल कलेजको स्थापना हुन नदिएर गर्भमा तुहाउन खोज्नु अवश्य पनि राष्ट्रवाद होइन् । मेडिकल कलेजमा भएका भ्रष्टाचार, अनियमिततालाई रोक्न सम्बन्धित निकायले कुशल निगरानी राख्न नसक्नु पनि ठूलो कमजोरी हो ।

देशमा मेडिकल कलेजमा कस्तो पठन–पाठन भई रहेको छ, थाहा भएर पनि थाहा नपाए जस्तो गर्नुले सबै बिग्रेको हो । वर्षमा एकचोटी निरिक्षण गरेर त्यसको विवरणको आधारमा सिट संख्या तोकेर गुणस्तरीय शिक्षा कदाचित प्रदान हुन सक्दैन् । वर्षमा कम्तिमा ३–४ पटक छड्के निरिक्षण हुनुपर्दछ । कलेजमा जाँच कसरी सञ्चालन भइराखेका छन् रु विद्यार्थीहरु एवं फ्याकल्टीका पीडा र समस्याहरुको समाधान खोज्नुपर्दछ । मेकिडल कलेजले हरेक वर्ष आधुनिकीकरण गरेको विवरण पेश गरेको हुनुपर्दछ । साथै रिसर्च गर्न ºयाकल्टीलाई प्रोत्साहित गरेर एउटा कोष तयार गर्नु पर्दछ । त्यस्तै शैक्षिक संस्थालाई परेको समस्यालाई सरकारले सहजीकरण गर्नु पनि उत्तिकै जरुरी छ । मेडिकल कलेजलाई व्यवसायिक दृष्टिकोणले मात्र हेर्दा यसले जनस्तरमा पु¥याएको सुविधा, रोजगारी तथा शिक्षालाई उत्तिकै महत्वले हेर्दा नेपालमा अरु उद्योगहरु पनि फस्टाउन सक्नेछन् । मेची अञ्चलको एक मात्र प्रस्तावित मेडिकल कलेजले यति ठूलो लगानीमार्फत पु¥याएको सेवा सुविधालाई सही मुल्याङ्कन हुनु अपरिहार्य छ । जनस्तरबाट लगानी भएर यत्रो संरचना खडा हुनु ठुलो कुरा हो, जसले हजारौं नागरिकलाई रोजगारीको अवसर पनि प्रदान गरेको छ । यसको बारेमा वुद्धिजीवी वर्गले सही मुल्याङ्कन गरेर मात्र आफ्नोधरणा बनाउन सके योग्य मानिन्छ ।

यस भेगको जनताले के चाहेका छन् त्यो नबुझी अन्यत्र बसेर टिका टिप्पणी गर्नु एक योग्य नागरिकलाई अवश्य पनि शोभा दिँदैन । हाल नेपालमा सञ्चालन भइरहेका मेडिकल कलेजहरु कतिपय राम्रो ढंगले चलेका पाइन्छन । र, केहीको व्यस्थापन तथा प्रस्तुती वर्षौदेखि खराब देखिन्छ । यी संस्थाहरुको व्यवस्थापकीय कमजोरीको कारणले धरासायी शैक्षिक कार्यक्रम, विद्यार्थीको उचित क्षमता अभिवृद्धिको अभाव, अस्पतालको दुरावस्था, शिक्षण अस्पतालमा न्युन संख्यामा बिरामी हुनुजस्ता परिणाम देखिएको पाइन्छ ।

यी संस्थाहरुको गलत रवैयाले अरुलाई पनि त्यस्तै धारका हुन भन्नु अन्याय हुन्छ र यस्ता संस्थाको कारणले अरु नयाँ राम्रा संस्था आउन नसक्नु राज्यको कमजोरी हो । त्यसकारण हाल पढाइ भइरहेका सबै मेडिकल कलेजलाई एउटै बास्केटमा राखेर पनि हेर्न मिल्दैन् । बरु वर्गीकृत गर्नु पर्दछ । राम्रो पढाइ हुने, पर्याप्त याकल्टी भएका, राम्रो पूर्वाधार एवं उच्च प्रविधियुक्त शिक्षण अस्पताल भएकालाई पहिलो श्रेणीमा राख्नुपर्छ भने धराशायी, कमजोर व्यवस्थापकीय प्रदर्शन हुने संस्थालाई तल्लो श्रेणीमा राख्नु उचित हुन्छ ।

त्यस वर्गीकरणबाट विद्यार्थीहरुको शुल्क एवं सिट संख्या निर्धारण गर्न सके मेडिकल कलेजबीच नै राम्रो स्वस्थ प्रतिस्पर्धा हुन सक्छ । जसकारण गुणस्तरीय शिक्षा दिन टेवा पुग्दछ । प्रतिस्पर्धात्मक विश्वमा आज पनि परम्परागत एवं रुढीवादी अवधारणा राखेर अगाडि बढ्न सकिँदैन । बरु विश्व प्रतिस्पर्धा गर्न र विदेशी विद्यार्थीहरुलाई नेपालमा आकर्षण गर्न के गर्न सकिन्छ भन्ने विषयमा बहस चलाउँदा मुलुकलाई फाइदा पुग्न सक्छ । (डा शर्मा  प्रस्तावित वि एण्ड सी मेडिकलका प्रिन्सिपल  हुन् ।)
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment