२०७८ बैशाख ७ गते , मंगलवार

भेट्रान कप फुटबल : चन्द्रगढी सिभिसी सेमिफाइनलमा

भेट्रान कप फुटबल : चन्द्रगढी सिभिसी सेमिफाइनलमा :: Times of Pradesh

झापा । झापाको दुधेमा आइतबारदेखि जारी १ नम्बर प्रदेश स्तरीय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ । ट्राईब्रेकरमा आयोजक दूधे भेट्रान ९रातो० लाई ४–३ गोल अन्तरले पाखा लगाउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका लागि रेफ्री भाग्य लिम्बूले आयोजकको सहयोगमा टाइब्रेकर गराएका थिए। चन्द्रगढी सिभिसीले ट्राईब्रेकरमा ४ गोल गर्‍यो । आयोजकले तीन गोल मात्र गर्न सफल भयो । विजेता टिमका सुरज गुरुङ, ख्याम पोखरेल, उत्तम कुमार राई र अजय ओरानले गोल गरे ।

तारा कटुवालको गोल आकासिएको थियो । यता आयोजकका पेमा स्यम्बा तामाङ,भगवतीप्रसाद सदेम्बा र शैलेन्द्र चापागाईँले मात्र गोल गरे । दीपककुमार राईको सुट बाहिरिएको थियो भने सन्तोष थोप्राको प्रहार चन्द्रगढीका गोल किपर रूपक गुरुङले सजिलै क्याच गरेका थिए । खेलको म्यान अफ द म्याच पनि विजयी टिमका गोलकिपर रूपक गुरुङ घोषित भए । दुधे स्थित क्षेत्रीय रङ्गशालामा ९आइतबार०आज देखि सुरु प्रतियोगिता चैत्र २८ गतेसम्म हुनेछ ।

प्रतियोगितामा १० टिमले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ । झापा बाहिरका सुनसरीको धरान फुटबल क्लब र इटहरी भेट्रानले सहभागिता जनाउने छ । यस्तै मोरङको विराटनगर भेट्रान र एभरेस्ट भेट्रानपनि प्रतियोगितामा सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्वाङले बताए । यता, झापाका दमक–लखनपुर भेट्रान, बिर्तामोड, आयोजक दुधेको रातो र निलो, सुरुङा र भद्रपुरले प्रतियोगितामा सहभागिता जनाउने छन् ।
उद्घाटन खेलमा आयोजक रातो बाहिरिएको छ । प्रतियोगिताको च्याम्पियनले ५५ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ नगदै पुरस्कार पाउने छन् । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्टले ३ हजार र मेन अफ दि म्याचका विजेताले १ हजार ५ सय पाउने आयोजक समितिले जनाएको छ । आयोजक समितिका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । शनिवारको खेल दुई वटा हुनेछन् । पहिलो खेल बिर्तामोड भेट्रान र दमक बिच दिउँसो १ः३० बजे हुनेछ । यस्तै दोस्रो खेल झापाको सुरुंगा भेट्रान र मोरङको विराटनगर भेट्रान बिच हुने आयोजक समितिका अध्यक्ष सन्तोष नेम्बाङले बताएका छन् ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment