२०७८ बैशाख ७ गते , मंगलवार

भारतमा एकै दिन ९० हजार जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन ९० हजार जनामा कोरोना संक्रमण पुष्टि :: Times of Pradesh

एजेन्सी । छिमेकी देश भारतमा एकै दिन करिब ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा भारतमा ७ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय पुनः उच्च दरमा संक्रमित फेला पर्न थालेपछि भारतीय अधिकारीहरुले चिन्ता प्रकट गर्दै सुरक्षित रहन आग्रह गरेका छन्।

यस्तै‚ ब्राजिलमा एकै दिन ६९ हजार ६६२ जना संक्रमित थपिँदा २ हराज ८०७ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा करिब ६७ हजार संक्रमित थपिँदा ९१२ जनाको मृत्यु भएको छ।

यसैगरी फ्रान्समा थप ४६ हजार ६००, टर्कीमा ४२ हजार ३००, पोल्याण्डमा ३० हजार ५०० र जर्मनीमा १८ हजार २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment