२०७८ बैशाख ७ गते , मंगलवार

प्रधानमन्त्री ओलीद्वारा १६५ सडकको एकैपटक शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा १६५ सडकको एकैपटक शुभारम्भ :: Times of Pradesh

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ गरेर सडक क्रान्तिको शुरुवात गरेका छन ।
स्वास्थ्य क्षेत्रको क्रान्तिपछि ओली सरकार सडक निर्माणको तीव्र विकासमा अघि बढेको छ । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गरिएको सडक विभागले जानकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट शुभारम्भ गरिएको हो । प्रधानमन्त्री ओलीले डिजिटल रुपमा स्विच थिचेर सडक निर्माणको शुभारम्भ गरे। हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ ।

सडकहरु ३ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले मापदण्ड समेत पारित गरेको छ । मापदण्डमा कस्तो सडक हुनुपर्ने लगायतको विषय रहेको भौतिक योजना तथा निर्माण मन्त्री बसन्त नेम्वाङले जानकारी दिए। यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment